संवैधानिक परिषद्को नियुक्तिको विरोधमा नेकपाकाे आम हड्ताल !
काठमाडौँ : नेकपा (प्रचण्ड–नेपाल खेमा) ले बिहीबार आमहड्ताल गर्ने भएको छ ।
संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको नेता विष्णु रिजालले जानकारी दिए ।
उनले देश सञ्चारसँग भने, ‘सरकारले अवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा बिहीबार आम हड्ताल गर्ने निर्णय भएको छ । यसबारे दिउँसो (२ बजे) पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछौँ ।’
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीले संसदीय सुनुवाइबिनै बुधबार शपथ लिएका हुन् ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


