शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय सस्थाको अधिबेशन सम्पन्न,अध्यक्षमा पुन गैह्रे निर्वाचित

वालिङ :
शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय सस्थाको १२ औं साधारणसभा चौथो अधिबेशन सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै बिश्वहिन्दु महाशघका केन्द्रिय सदस्य तथा प्रवक्ता नेत्र प्रसाद पराजुलीले मानवीय सेवा नै सर्बोत्तम कार्य भएको बताउनु भयो ।
मानव जीवनको अन्तिम क्षण रहेका र समस्यामा रहेका बृद्धबृद्धालाइ परिवार जस्तै गरि राखिएको भन्दै सस्थाको खुलेर प्रशंसा समेत गर्नुभयो ।

.


कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले रामनदीधाम राम्दीको एकीकृत गुरुयोजना बनाएर काम गर्न शुरु गरिएको जानकारी दिनु भयो । उहाँले भन्नू भयो “नगरपालिका यो क्षेत्रको बिकासका लागि दीर्धकालिन सोच बनाएर अगाडि बढेको छ ।”
नगरप्रमुख अधिकारीले बृद्धाश्रम संचालनका लागी नयाँ बन्ने समितीसंग मिलेर काम गर्ने स्पष्ट पार्नु भयो । ब्यवस्थित रुपमा बृद्धाश्रम संचालन भैरहेको भन्दै नगरप्रमुख अधिकारीले सस्थाको निरन्तर प्रयास सह्रानिय रहेको बताउनु भयो ।

.

कार्यक्रममा शिबपार्बती मन्दीर वालिङका अध्यक्ष प्रेम प्रसाद खनाल, सस्थाका सल्लाहकारहरु पाण्डब प्रसाद खनाल, थानेश्वर सुबेदी र मेघराज गैह्रे, सस्थाका उपाध्यक्ष अर्जुन प्रसाद खनाल लगायतले बोलेका थिए ।
कविता गैह्रेको अध्यक्षतामा सप्पन्न भएको उद्घाटनसत्रको सञ्चालन सचिव नेत्र प्रसाद सुबेदीले गर्नु भएको थियो ।
अधिबेशनले अध्यक्ष कबिता तिवारीले पेश गर्नु भएको प्रगति प्रतिबेदन,कोषाध्यक्ष टिकाराम डुम्रेले पेश गर्नु भएको आर्थिक प्रतिबेदन र सचीव नेत्र प्रसाद सुबेदीले पेश गर्नु भएको सस्थागत प्रतिबेदन पारित गरेको थियो ।

.


यसैबीच अधिबेशनले पुन : कविता गैह्रेको अध्यक्षतामा १३ सदस्य रहेको समितिको सर्वसहमतीले चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा अर्जुन प्रसाद खनाल,सचिबमा नेत्र प्रसाद सुवेदी,कोषाध्यक्षमा टिकाराम डुम्रे,सहसचिवमा टेकलाल खनाल रहनु भएको छ । नवगठित समितिका सदस्यहरुमा चेतनारायण श्रेष्ठ,लेखनाथ गैह्रे, शेरबहादुर क्षेत्री, धुर्ब नारायण श्रेष्ठ, ओम शर्मा, शन्तोष श्रेष्ठ,लिलादेबी उप्रेती र भिमलाल खनाल रहनु भएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा पुर्णकला वोस्ती र सदस्यहरुमा हुमकान्त गैह्रे र डण्डा पानी खनाल रहनु भएको छ ।
त्यस्तै दान ब्यस्थापन समितिको संयोजकमा तारा प्रसाद श्रेष्ठ र सदस्यहरुमा हरी प्रसाद बगाले,महेश गैह्रे,शिबराज बगाले र टिकाराम कोइराला रहनु भएको छ ।
यसैगरी संचार तथा सूचना उपसमितिको संयोजकमा राधाकृष्ण डुम्रे तथा सदस्यहरुमा मुक्ति न्यौपाने र तोलाकान्त बगाले रहनु भएको छ ।

.

Facebook Comments Box
TOP