मन्त्री अर्यालद्धारा स्याङ्जामा एकैदिन दुई सहायक सडक कालोपत्रे शुभारम्भ
वालिङ :
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले आईतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड र गल्याङ, पेलाकोट, पिडिखोला, सेतिबेणि सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गर्नुभएको हो । जिल्लामा सिद्धार्थ राजमार्गसंग जोडिएको सहायक भित्रि सडकहरुको पिच गर्ने अभियान अन्र्तगत यहाँका आधा दर्जन सडक पिच भईसकेको मन्त्री अर्यालले बताउनुभयो ।
कालोपत्रे शुभारम्भ गर्नुहुँदै विगत ३० वर्षमा हुँन नसकेको काम वर्तमान सरकारले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले ऐतिहासिक काम गरेको छ । विगत ३० वर्षमा नभएका काम यो सरकारले ३ वर्षमा गरेको छ । ईतिहासमा नभएका कामहरु अहिले भएका छन् ।’
विकासमा मुलुकले फड्को मारेको भन्दै उहाँले यो विश्लेषण अन्र्तराष्ट्रिय मापदण्डले गरेको उहाँले बताउनुभयो । ‘ लिम्पियाधुरा लिपुलेक सहितको नक्सा जारी गर्नेदेखि सुरुङमार्ग, रेल, पानी जहाज, सडक चौडा, सगरमाथाको उचाई नाप्ने, युवाहरुलाई कृषिमा आर्कषित गर्नेदेखि युवाहरुलाई सर्टिफिकेट धितो राखेर ऋण दिने काम सरकारले गरेको छ ।’ उहाँले भन्नुभयो । नेपालले विभिन्न खुड्किलाहरु पार गरेको अन्तराष्ट्रिय तथ्यांकले देखाएको भन्दै मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अवको लक्ष्य भएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


