राजदूत रेग्मीलाई वालिङमा सम्मान
वालिङ :
बेलायतका लागि नेपालका राजदुत लोकदर्शन रेग्मीलाई बुधबार वालिङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । वालिङ नगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाकोतर्फबाट सम्मान गर्नुभएको हो ।
स्वागत तथा सम्मान कार्यक्रमा बोल्नुहुँदै राजदूत रेग्मीले दुनियाँकै समृद्धशाली मुलुकको सूचिमा रहेको बेलायत र नेपालबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
.

उहाँले वालिङ नगरपालिका र बेलायतका कुनै नगरबीच एकापसमा भगिनी सम्बन्ध कायम गरी नयाँ नयाँ सीप, शिक्षा तथा संस्कृतिका क्षेत्रमा भएका असल अभ्यासहरुको आदान प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले आँफू पनि वालिङ नगरपालिकाको बासिन्दा भएकाले यहाँको विकासका लागि आँफू सकारात्मक रहेको बताउँदै आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राजदूत रेग्मीले वालिङको विकासका लागि गर्नुभएको सहयोगको प्रशंसा गर्नुहुँदै वालिङ नगर प्रमुख खाँणले आगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा पूर्व मेयर लालचन्द्र गैह्रेले देश विदेशमा सफलता मिलोस भन्दै रेग्मीको कार्यप्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन राधाकृष्ण डुम्रेले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


