आँधीखोला सञ्चार सहकारी संस्थाको १५औँ साधारण सभा शुरु
वालिङ :
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ ८ को १५औँ साधारण सभा शुरु भएको छ । कोभिडका कारण सहकारीले शनिबारदेखि साधारण सभाको सुभारम्भ गरी बुधबार समापन गर्नेछ । साधारण सभाको सहकारीका अध्यक्ष नेत्रप्रसाद पाण्डेले १५ओटा मैनबत्ती बालेर उद्दघाटन गर्नुभएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै संस्थाका अध्यक्ष पाण्डेले कोभिड १९ का कारण साधारण सभा एकैदिन गर्न नसकिएको भन्दै शनिबारदेखि बुधबारसम्म संस्थामा उपस्थित भई आफ्ना रायसुझावहरु पेश गर्न अनुरोध गर्नुभयो ।
स्याङ्जा जिल्लाकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित सहकारीले आँधीखोला रेडियो मार्फत जिल्लामा पहिलो ध्वनि तरंगित गरेको भन्दै अध्यक्ष पाण्डेले भन्नुभयो, ‘संस्थाले विभिन्न आरोह–अवरोह पार गरी १५ वर्षमा आईपुगेको छ । आगामी दिनमा पनि समयसापेक्ष ज्ञान र सुचनात्मक कार्यक्रमहरु प्रसारण गर्दै नागरिकलाई अझ सुसूचित गर्नेछौँ ।’
सेयर सदस्यहरुमा घरघरमा साधारण सभाको प्रतिवेदन पठाएको भन्दै प्रतिवेदन अध्ययन गरी संस्थाको कार्यालयमा आई आफ्ना अमुल्य सुझावहरु दिएर साधारण सभालाई सम्पन्न गर्न सेयरधनी महानुभावहरुलाई अनुरोध गर्नुभयो । २०६३ सालमा स्थापित सहकारीको ४६१ ज्ना सेयर सदस्यहरु रहेका छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


