आँधीखोला सञ्चार सहकारी संस्थाको १५औँ साधारण सभा शुरु
वालिङ :
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ ८ को १५औँ साधारण सभा शुरु भएको छ । कोभिडका कारण सहकारीले शनिबारदेखि साधारण सभाको सुभारम्भ गरी बुधबार समापन गर्नेछ । साधारण सभाको सहकारीका अध्यक्ष नेत्रप्रसाद पाण्डेले १५ओटा मैनबत्ती बालेर उद्दघाटन गर्नुभएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै संस्थाका अध्यक्ष पाण्डेले कोभिड १९ का कारण साधारण सभा एकैदिन गर्न नसकिएको भन्दै शनिबारदेखि बुधबारसम्म संस्थामा उपस्थित भई आफ्ना रायसुझावहरु पेश गर्न अनुरोध गर्नुभयो ।
स्याङ्जा जिल्लाकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित सहकारीले आँधीखोला रेडियो मार्फत जिल्लामा पहिलो ध्वनि तरंगित गरेको भन्दै अध्यक्ष पाण्डेले भन्नुभयो, ‘संस्थाले विभिन्न आरोह–अवरोह पार गरी १५ वर्षमा आईपुगेको छ । आगामी दिनमा पनि समयसापेक्ष ज्ञान र सुचनात्मक कार्यक्रमहरु प्रसारण गर्दै नागरिकलाई अझ सुसूचित गर्नेछौँ ।’
सेयर सदस्यहरुमा घरघरमा साधारण सभाको प्रतिवेदन पठाएको भन्दै प्रतिवेदन अध्ययन गरी संस्थाको कार्यालयमा आई आफ्ना अमुल्य सुझावहरु दिएर साधारण सभालाई सम्पन्न गर्न सेयरधनी महानुभावहरुलाई अनुरोध गर्नुभयो । २०६३ सालमा स्थापित सहकारीको ४६१ ज्ना सेयर सदस्यहरु रहेका छन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


