फोटो ग्राफर संघ स्याङजाको प्रथम साधारण सभा सम्पन्न

photo graffer

हिमाल न्यौपाने/स्याङजा :
राज्यबाट चौथो अंगमा रहेको फोटो व्यवसाय गर्दै आएका स्याङजाका सम्पुर्ण व्यवशायीहरु एकजुट भई खोलिएको सस्था फोटोग्राफर संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै माणिकलाल श्रेष्ठले आधुनिक प्रबिधिको विकास संगै पेसालाई थप मर्यादित बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै फोटोग्राफर संघ स्याङजाका पुर्व अध्यक्ष रबिन केसीले फोटो व्यवशायलाई प्रवर्धन गर्दै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । आँफू पर्दा पछाडि रहेर अरुलाई चिनाउने पेशाको पहिचान नै बिशेष रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष हिमाल न्यौपानेले २०७४ देखी २०७७ संम्मको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

उद्घाटन सत्रको सञ्चालन संघका सचिव बिमल खनालले गर्नु भएको थियो ।


यसैबीच अधिबेशनले बिमल खनालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा हिमाल न्यौपाने र उपाध्यक्ष ढाकाराम खनाल , सचिवमा बाबुराम रेग्मी , सहसचिबमा नरेश रोका, कोषाध्यक्षमा प्रदिप पाठक , सह कोषाध्यक्ष बिकास खाँण , सदस्यहरुमा लक्ष्मण थापा, रबिन थापा , कमला लम्साल, नेत्र बिस्ट, गणेश पाण्डे, मिठु श्रेष्ठ चयन भएकाछन् ।
नवगठित समितिलाई संघका पुर्ब अध्यक्ष प्रेम पराजुलीले शुभकामना व्यक्त गर्नु भएको थियो ।
जिल्लामा हाल रहेको ९२ वटा स्टुडियो मध्ये ५५ वटा मात्रै संघमा आबद्धरहेकाछन्

Facebook Comments Box
TOP