प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम

स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सप्पन्न भएको छ । कार्यक्रममा बोल्दै कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेले गल्याङ जेसीजले स्थापनाको ३ वर्ष नपुग्दै समाजका युबाहरुका मन मनमा बस्न सफल भएको बताउनु भयाे । उहाँले सचेतना मुलक तालिमले बिद्यार्थीहरुको नकारात्मक सोचाइ सकारात्मक तर्फ जाने बताउनुभयो । लिभिङ अराउड टेक्नोलोजी काठमाडौको सहजीकरण र गल्याङ जेसीजको आयोजनामा आयोजित तालिमपछि बोल्ने बक्ताहरुले तालिमबाट प्रबिधिको समुचित प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।बिद्यालयका प्रधानाध्यापक चिन्तामणी न्यैापाने नेपाल बिद्यार्थी संघ कालिका माबी इकाइ सभापति ढाकाराम न्यैापाने, प्रक्षिक्षक विश्व अर्याल र विज्ञान पोख्रेल ले दिनुभएको स्वागत गल्याङ जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रतिमा भट्टराईले र कार्यक्रम सन्चालन कोषाध्यक्ष साधना न्यैापाने अध्यक्ष गोपीकृष्ण रेग्मी ८५ जना सहभागी रहेका थिए ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…