हतार नगरौं, कम्यूनिष्टको भर हुन्न : पाण्डे

प्रकाश डोटेल/स्याङ्जा :

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कम्यूनिष्टहरुको कहलबीच सरकारमा जाने बारेमा काँग्रेसले हतार गर्न नहुने बताएका छन् । काँग्रेसले हतार गर्नुहुन्न नेपालका कम्यूनिष्टहरु भरपर्दा समेत नभएको उनले जिकिर गरे ।

“जनतमको अपमान गर्दै आन्तरिक कहलमा रुमलिएका कम्यूनिष्टहरुले देशलाई अन्धकारमा धकले ।” नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता पाण्डेले भने, “अन्धकारमा धकलिएको देशलाई सर्बोच्च अदालतले उज्यालोमा ल्याएको छ ।” अदालतले उज्यालोमा ल्याएको देशलाई सहि दिशा दिन काँग्रेस चुक्न नहुनेमा उनले जोड दिए ।

“कम्यूनिष्टको नेतृत्वमा रहेको सरकारले देशमा काण्डैकाणड मचायो, जनताको सुखदुःखमा साथ दिन सकेन ।” नेता पाण्डेले भने, “कम्यूनिष्ट बिहीन देश बनाएर अब काँग्रेसले जनताको सुखदुःखमा साथ दिनुको बिकल्प छैन् ।” काँग्रेसले सहि निणर््य लिन सके मात्रै देशले विकास र सम्बृद्धि प्राप्त गर्नेमा उनको जोड थियो ।

“५ वर्ष सरकार चलाउन जनताले दिएको अभिमतलाई कम्यूनिष्टहरुले थेग्न नसक्दा देश राजनीतिको चत्र्रmव्यूहुँमा फसेको छ ।” राष्ट्रिय सभाका सदस्य समेत रहेको नेता पाण्डेले भने, “यो चत्र्रmव्यूहुँबाट देशलाई पार लगाउन काँग्रेस जिम्मेवार बन्नु परेको छ ।”

अबको निकास काँग्रेसले मात्रै दिन सक्ने दाबी गरेका पाण्डेले न फुटेका त न जोडिएका कम्यूनिष्टहरुको भावि रणनीति हेरेर मात्रै काँग्रेसले निर्णय लिनुपर्ने बताए । कम्यूनिष्ट जस्तो हामी गैरजिम्मेवार छैनौं तर समयले गम्भिर बनाएको नेता पाण्डेले बताए ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन क्षेत्रिय सचिव रामजी भण्डारीले गरेका थिए । अत्य अवसरमा कम्यूनिष्टहरु जिम्मेवार नबन्दा जनताले दुख पाएको बताउँदै सहभागि कार्यकर्ताले काँग्रेस जिम्मेवार बनेर अगाडी बढ्नुपर्ने आवाज उठाएका थिए ।

Facebook Comments Box
TOP