मन्त्री बस्नेतद्वारा पैयूँको सुरक्षित वस्ती निर्माणको अवलोकन
पैयुँ : गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले सुरक्षित वस्ती निर्माणको अवलोकन गर्नु भएको छ । मन्त्री बस्नेतले पर्वतका पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकमा द निर्भीक फाउन्डेशनले सुरु गरेको सुरक्षित वस्ती निर्माणको अवलोकन गर्नु भएको हो । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भए पछि वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले निर्माणको काम सुरु गरेको हो ।
.

सोही वस्ती निर्माण कार्यको आईतबार मन्त्री बस्नेतले अवलोकन गर्दै गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले मानव जिवन रक्षाको लागि फाउन्डेशनले सुरु गरेको काम प्रसंसा गर्नु भयो । सरकारले गर्नु पर्ने काम फाउन्डेशनले सुरु गरेको छ यो साह्रै खुसीको कुरा हो मन्त्री बस्नेतले भन्नु भयो आवश्यक प्रकृया मिलाएर गण्डकी प्रदेश सरकारले सहयोग गर्ने छ ।
“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


