मानवअधिकार शान्ति समाजको बिचार गोष्ठी सहित अधिवेशन सम्पन्न
भवानी अधिकारी :
मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले असंवैधानिक एवं लोकतान्त्रिक तवरमा प्रतिनिधिसभा बिघटन, प्रतिगमनको शिलशिलामा भन्ने बिचार गोष्ठी सहित मंगलबार स्याङ्जा सदरमुकाममा अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशन एवं बिचार गोष्ठीको उदघाटन गर्दे पत्रकार महासंघका सभापति एवं एम्नेष्टि इन्टरनेशनल स्याङ्जाका पूर्व सभापति ओमप्रकाश शर्माले मानवअधिकारकर्मीको भूमिका असहज परिस्थितीमा बढी देखिने बताउदै संयमित र नागरिकका अधिकारका पक्षमा जुट्न आग्रह गर्नुभयो । नागरिक अधिकारको स्वतन्त्रता र निरंकुशताको विरुद्ध सशक्त आन्दोलनमा उत्रदै आएको संस्थाको गरिमा बढाउनका लागि मानवीय जातीको अधिकारको पक्षमा अधिकारकर्मीहरु जुट्नु पर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा बिघटनका कदम असंवैधानिक भएको बताउदै आर्थिक संकटले जर्जर भएको मुलुकले झण्डै ८ अरब लाग्ने चुनावी खर्च धान्न नसक्ने उहाको भनाई छ । सबै नागरिकका बलिदान र योगदानले प्राप्त लोकतन्त्रको रक्षाार्थ अधिकारकर्मी लगायत सबै नागरिकले आवाज उठाउनु पर्ने बताउदै सबैको ध्यान न्यायलयप्रति केन्द्रित रहेकोमा जोड दिनुभयो ।
.

कार्यक्रममा नेपाल सहकारी बैंकका निर्देशक केशवराज लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका मन्त्री दिनेश अर्याल, नेपाल बार एशोसियसनका पूर्व उपसभापति हरिप्रसाद रेग्मी, प्याब्सन स्याङ्जाका वरिष्ठ उपाध्यक्ष धुवबन्धु पौडेल, युवा समाजसेवी रविन केसी, समाजका निवर्तमान सभापति पृथ्वीप्रसाद पोखरेल लगायतले असंवैधानिक कदमा बिरुद्ध शसक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो ।
शान्ति समाजका सभापति प्रकाश डोटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आजिवन सदस्य शान्ति अर्यालले स्वागत एवं सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो ।
यसैगरी, १७ औं साधारणसभा तथा ११ औं अधिवेशनले ध्रवबन्धु पौडेलको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा भवानीशंकर पोख्रेल, सचिवमा भवानी अधिकारी, सहसचिवमा हरिप्रसाद अर्याल र कोषाध्यक्षमा शान्ति अर्याल र सदस्यहरुमा रामप्रसाद लम्साल, हुमनाथ ढकाल, रविन केसी, गंगा पोखरेल, बिपिन्द्रमान श्रेष्ठ, बिमल खाती निर्वाचित हुनुभएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


