लायन्स र लियोद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
वालिङ :
लायन्स क्लब अफ वालिङ सिटी तथा लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको छ । वालिङ ११ को बालशिक्षा निकेतन आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा तथा पाईनिअज हायर एजुकेशन एकाडेमीका प्रमुख मेघराज गैह्रेको जन्मोत्सवको अवसर पारेर शैक्षिक सामाग्री बितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले क्लबले सामाजिक क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
बिगतका दिनहरुमा लायन्स र लियो क्लवहरुले कोभिड १९ को संक्रमणका समयमा खेलेको भूमिकाप्रति खुसी ब्यक्त गर्नुहुँदै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
.

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, कार्यक्रम संयोजक कविता तिवारी गैह्रे, लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि १ नेपालका जोन चियर पर्सन देवेन्द्र भट्टराई लगायतले मेघराज गैह्रेले जन्मदिनको अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर थप प्रेरित गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लायन्स वर्ष २०२०÷०२१ का अध्यक्ष कविता भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालय व्यबस्थापन समितिका सदस्य बिमल अर्यालले गर्नुभएको थियो भने समाजसेवी बिष्णुप्रताप खाँणले धन्यवाद र लियो क्लबका अध्यक्ष दिक्षान्तप्रताप खाँंणले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्र छात्राहरुलाई ३० दर्जन कापी, पेन्सिल, वाटर फिल्टर र ४ वटा बल समेत वितरण गरिएको थियो ।
यसअघि मेघराज गैह्रेले वालिङ १० का मिर्गाैलाका बिरामी केशव थापाको उपचारका लागि नगद रु २५ हजार प्रदान गर्नु भएको थियो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


