शिक्षाविद यज्ञ प्रसाद गैह्रेको निधन ।
वालिङ :
शिक्षाविद यज्ञ प्रसाद गैह्रेको ८१ बर्षको उमेरमा निधन भएको छ । वालिङ नगरपालिका वडा नम्वर १० निवासी गैह्रेको उपचारका क्रममा भैरहवामा शुक्रवार राती निधन भएको परिवारले जनाएको छ ।
वालिङ बहुमुखी क्याम्पसका पूर्ब अध्यक्ष समेत रहनु भएका स्वर्गिय गैह्रे पूर्णामृत भवानी, सरस्वती मावि लगायतका बिद्यालयमा शिक्षण तथा प्रधानाध्यापकको जिम्मेवारी पूरा गर्नु भएको थियो ।
बिक्रम सम्वत १९९७ सालमा जन्मनु भएका गैह्रेले शिक्षाको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सेवानिवृत्त भइसके पछि पनि बिभिन्न निकायले सम्मान तथा पुरस्कारहरु प्रदान गरेका थिए ।
स्वर्गीय गैह्रेका २ छोरा ३ छोरी रहेकाछन् ।
उहाँको शनिवार बिहान पवित्र स्थल रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


