पत्रकार रिजाल अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित

indra rijal

काठमाडौं : नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र रिजाल अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२ औं साधारणसभामा अग्रज पत्रकार रिजाललाई बाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रिजाललाई २० हजार नगद राशी र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

बिगत २८ बर्षदेखि नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको अथक योगदानको कदर गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजक काठमाडौं शाखाले जनाएको छ । सम्मानित पत्रकार रिजालले प्राप्त गरेको उक्त २० हजार नगद राशीमा रु. ११११ थप गरी २१ हजार एकसय ११ रुपैयाँ काठमाडौं शाखाको पुरस्कार अक्षयकोषमा जम्मा हुने गरी सोही कार्यक्रममा अध्यक्ष शन्तराम बिडारीलाई हस्तान्तरण गरेका छन् ।

काठमाडौं शाखाले आफुलाई सम्मान योग्य ठानेर पुरस्कृत व्यक्तिको सुचीमा छनोट गरेकोमा खुशी व्यक्त गर्दै वरिष्ठ पत्रकार रिजालले पत्रकारिताको क्षेत्रमा योगदान गर्ने अग्रजहरुलाई पुरस्कृत तथा सम्मानित गरेकोमा विशेष धन्यवाद दिदै शाखाप्रति आभार व्यक्त गरेका थिए । विभिन्न दुखकष्ट भोगेर पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने अग्रज पत्रकारहरुलाई पुरस्कृत र सम्मान गर्ने परम्पराले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै पत्रकार रिजालले अक्षय कोषलाई भावी दिनमा अझ बलियो र फराकिलो दायरामा पु¥याउनु पर्ने बताएका थिए ।

नेपाली पत्रकारिता जगतमा स्वर्गीय बाशुदेव दाहाल एक कुशल, इमान्दार, निष्ठावान, निर्भिक र स्वाभिमानी पत्रकार भएको स्मरण गर्दै वरिष्ठ पत्रकार रिजालले उनी आफ्नो आत्मिय मित्रसमेत भएको सम्झना गरे । उनले देखाएको बाटो आफु र भावी पीडीका लागि सदैव पे्ररणादायी रहेको पत्रकार रिजालले उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा वरिष्ठ पत्रकार रिजालसहित अन्य १३ जना अग्रज पत्रकारहरुलाई पनि नगद २० हजार र सम्मान पत्रसहित सम्मानित गरिएको थियो । पुरस्कृत हुने अग्रज पत्रकारहरुमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात रहेका छन् ।

त्यस्तै मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी रहेका छन् ।

काठमाडौं शाखाले आज शनिवार प्रज्ञाभवन कमलादीमा अन्तरक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक स्मारिकाको लोकापर्ण गरेको थियो । शाखाको २२ औं साधारणसभाको बन्द सत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै विभिन्न प्रस्तावहरु पनि पारित गरेको छ । (नेपाल बहस डटकमबाट)

Facebook Comments Box
TOP