घरेलु उद्योगको प्रवर्द्धनले मात्रै आर्थिक संवृद्धि सम्भव : कार्यबाहक अध्यक्ष सिंह, वालिङमा बन्यो समिति

वालिङ :
घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले घरलु उद्योगको प्रवर्द्धनले मात्रै आर्थिक संवृद्धि सम्भव हुने बताउनु भएको छ । स्याङ्जाको वालिङमा भएको कार्यक्रममा बोल्दै सिंहले घरेलु तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
महासंघले सरकार र व्यापारी बीच पुलको काम गरिरहेको भन्दै कार्यबाहक अध्यक्ष सिंहले सरकारीतहबाट समेत घरलु तथा साना उद्योगलाई प्राथमिकतामा राखेर काम भईरहेको जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योगका बिबिध समस्याको समाधान स्थानीयतहबाट नै गर्नु पर्नेमा उहाँको जाेड छ ।
।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले स्थानीय उत्पादनलाई बढाउने गरी बिभिन्न काम भईरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो जोड उत्पादनसँगै बजारीकरणमा छ । ”
व्यवशाय प्रवर्द्धनका लागि नगरपालिका डेस्क रहने जानकारी दिदै नगरप्रमुख खाँणले साना तथा घरेलु उद्योग प्रति नागरिकको आकर्षण बढाउदै लगिने स्पष्ट पार्नु भयो । कोभिड प्रभावितलाई स्वरोजगार बनाउन पनि साना तथा घरेलु उद्योग प्रभावकारी हुने उहाँको जोड छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी,घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य देवेन्द्र कुुमार श्रेष्ठ,जिल्ला अध्यक्ष जुमकाजी गुरुङ लगायत आआफ्ना भनाई राखेका थिए ।
।

यसैबीच घरेलु तथा साना उद्योग महासंघको नगर समिति वालिङको गठन गरिएको छ ।
समितिको अध्यक्षमा रुपेन्द्र बगाले, उपाध्यक्षमा राजु तिवारी, महिला उपाध्यक्षमा सीता काफ्ले रेग्मी, सचिवमा चुत्राकुमारी थापा (दुर्गा), कोषाध्यक्षमा टुक बहादुर श्रेष्ठ रहनु भएको छ ।
नवगठित समितिका सदस्यहरुमा खगेन्द्र प्रसाद अर्याल,अम्बिका बगाले, जगदीश पाठक,सुविन गुरुङ,नारायण प्रसाद बगाले,कुमारी थापा,चन्दावती पंगेनी,सिर्जन परियार लगायत रहेकाछन् ।
त्यस्तै महिला उपाध्यक्ष पदेन अध्यक्ष रहने महिला समितिको समेत गठन गरिएको छ ।
जसको अध्यक्षमा सीता काफ्ले रेग्मी,पाध्यक्षमा पूर्णकला वोस्ती,सचिवमा शान्ति तिवारी, कोषाध्यक्षमा गीत रणपाल रहनु भएको छ ।
महिला समितिको सदस्यहरुमा युगमाया पंगेनी,सपना बिक.,सीता बिक,कमला लम्साल,कृष्ण थापा,तुलसी गुरुङ,कल्पना आले,राधा तिवारी लगायत रहेकाछन् ।
नवगठित समितिले स्थानिय स्तरमा घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि काम गर्ने बताइएको छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…