गरिमा विकास बैंकको अध्यक्षमा स्याङजाका बस्याल निर्वाचित ।
पोखरा : गरिमा विकास बैंक लिमिटेडको यही माघ ३० गते शुक्रबार सम्पन्न १४औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।
.

साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उहाँकाे स्थायी ठेगाना स्याङजा हाे ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ ।
साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


