मुख्यमन्त्री कप भलिबल : स्याङ्जा दोस्रो, उपाधि तनहुँलाई ।
पोखरा :
प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको प्रतियोगिता तनहुँले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँले उपाधि जितेको हो ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । स्याङ्जाले पहिलो सेटमा तनहुँलाई २३–२५ को सेटमा हराएको थियो ।
दोस्रो र तेस्रो सेटमा तनहुँले २५–१७ र २५–२० को जित निकाल्न सक्यो । चौंथो सेटमा भने तनहुँ २५–१७ ले पराजित भयो । अन्तिम सेटमा तनहुँले १५–११ को जित निकाल्दै उपाधि उचाल्यो ।
महिलातर्फको उपाधि भने म्याग्दीले जितेको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र कमला पुन सहभागि म्याग्दीले पर्वतलाई फाइनलमा ३–० को सोझो सेटमा हरायो ।
तनहुँ र म्याग्दीले नगद २÷२ लाख प्राप्त गरे । उपविजेता बनेका स्याङ्जा र पर्वतले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । गोरखा र मनाङले प्रतियोगितामा विविध कारण देखाउँदै नाम निकालेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


