दियालो संस्थाद्धारा बालबालिकाहरुलाई टिफिन बक्स र अण्डा बितरण ।
वालिङ :
दियालो संस्थाले भुम्रे माविमा अध्ययनरत बालबालिकाहरुलाई टिफिन बक्स र अण्डा बितरण गरेको छ । संस्थाले उक्त बिद्यालयको शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुलाई १३० वटा टिफिन बक्स र अण्डा बितरण गरेको हो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि बिद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक तिलक पराजुलीको समन्वयमा संस्थाले टिफिन बक्स र अण्डा उपलव्ध गराएको भन्दै अध्यक्ष तिवारीले पोषण र स्वास्थ्यसँग सम्वन्धीत क्रियाकलापमा समेत संस्थाले सहकार्य गर्ने बताउनु भयो ।
.

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले बिद्यार्थीहरुको स्वास्थ्य प्रति आफूहरु सचेत रहेको बताउनु भयो । सहयोगी संस्था दियालोलाई धन्यवाद दिदै प्रधानाध्यापक पराजुलीले निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।
दियालो सुआहाराका कार्यक्रम प्रमुख ओमसुवा गुरुङले पोषण तथा बालबालिकाको स्वास्थ्य सम्वन्धी बिभिन्न बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता पंगेनी, बिद्यालयका शिक्षक गोविन्द काफ्ले लगायतले बोलेका थिए ।
.


समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


