दियालो संस्थाद्धारा बालबालिकाहरुलाई टिफिन बक्स र अण्डा बितरण ।
वालिङ :
दियालो संस्थाले भुम्रे माविमा अध्ययनरत बालबालिकाहरुलाई टिफिन बक्स र अण्डा बितरण गरेको छ । संस्थाले उक्त बिद्यालयको शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुलाई १३० वटा टिफिन बक्स र अण्डा बितरण गरेको हो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि बिद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक तिलक पराजुलीको समन्वयमा संस्थाले टिफिन बक्स र अण्डा उपलव्ध गराएको भन्दै अध्यक्ष तिवारीले पोषण र स्वास्थ्यसँग सम्वन्धीत क्रियाकलापमा समेत संस्थाले सहकार्य गर्ने बताउनु भयो ।
.

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले बिद्यार्थीहरुको स्वास्थ्य प्रति आफूहरु सचेत रहेको बताउनु भयो । सहयोगी संस्था दियालोलाई धन्यवाद दिदै प्रधानाध्यापक पराजुलीले निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।
दियालो सुआहाराका कार्यक्रम प्रमुख ओमसुवा गुरुङले पोषण तथा बालबालिकाको स्वास्थ्य सम्वन्धी बिभिन्न बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता पंगेनी, बिद्यालयका शिक्षक गोविन्द काफ्ले लगायतले बोलेका थिए ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


