स्याङ्जामा ४ हजार ५०८ जनाले लगाए कोरोना विरुद्धको खोप
भवानी अधिकारी/स्याङजा : स्याङजामा सोमबारसम्म ४ हजार ५ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। तीमध्ये पहिलो अभियान अन्तरगत १ हजार ४ सय ९६ जना र दोश्रो अभियान अन्तरगत ३ हजार १२ जनाले खोप लगाएका हुन्।
माघ १४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप लगाउने पहिलो अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्यस्वयम्सेवी, एम्बुलेन्स चालक र शव व्यवस्थापकलाई लगाइएको थियो।
यसैगरी, दोश्रो अभियानमा कर्मचारी (निजामति, प्राविधिक, संस्थान, प्राधिकरण, पत्रकार, जनप्रतिनिधी, बैंक तथा वित्तीय) क्षेत्रमा रहेकालाई लगाइएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।
प्रमुख शर्माका अनुसार पहिलो अभियानमा ८७ प्रतिशत र दोश्रो अभियानमा ७३ प्रतिशतले खोप लगाएका छन्। स्याङजाका लागि पहिलो अभियानमा १ हजार ७ सय १० र दोश्रो अभियानमा ४ हजार १ सय २४ वटा खोप उपलब्ध भएका थिए।
जिल्ला अस्पताल स्याङजाबाट खोप लगाउने गरिएको थियो। मंगलबारदेखि भ्याक्सिन लगाउने काम स्थगित गरिएको छ। स्वास्थ्य कार्यालयलाई उपलब्ध भएको मध्ये एक हजार ३ सय भन्दाबढी खोप मौजाद छन्।
खोप लगाएकालाई सामान्य ज्वरो आउने, शरीर दुख्ने गरेको भए पनि अन्य ठूला समस्या नदेखिएको अस्पतालका सुपरिटेण्डेन्ट डा. सुशिल मरासीनी बताउँछन् ।
जिल्लामा यसै महिनाको २३ गतेदेखि दोश्रो चरणको खोप अभियान सुरु गरिने भएको छ। शिक्षक, शिक्षिका, चालक, सहचालक र ५५ वर्षमाथिका सबैलाई खोप दिनेगरी तयारीमा जुटेको कार्यालयले जनाएको छ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


