लायन्स र लियोको आयोजनामा वालिङमा रक्तदान कार्यक्रम, १०५ युनिट रगत संकलन ।
वालिङ :
वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजना तथा क्षेत्रिय रक्तसंचार पोखराको प्राविधिक सहयोगमा वालिङमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रमको उद्दघाटन गर्नुहुँदै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले रक्तदान जिवनदान रहेकाले लायन्स तथा लियोले निकै महत्वपुर्ण कार्यको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
.
रगत अभाव नहोस भनी यसरी समयसमयमा गरिने रक्तदान कार्यक्रमले धेरैको जिवनमा खुसीयाली छाउने भन्दै क्लबलाई यसरी नै रचनात्मक तथा सामाजिक कार्यमा सक्रिय हुन सुझाव दिनुभयो । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि १ नेपालका अध्यक्ष आर्दशमोहन भट्टराई, सिनियर एओजी चेतनारायण श्रेष्ठ, जोन चियर पर्सन देवन्द्र भट्टराई, वडा नं. ८ का अध्यक्ष कमलप्रसाद सुवेदी, लियो जिल्ला परिषद रिजन २ का कोर्डिनेटर अशोक बराल, पेखु बाघखोर रेडक्रसका सभापति विष्णुप्रताप खांण लगायतले महान कार्यका लागि आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा ८४ जना पुरुष र २१ महिला गरी १०५ जनाले रक्तदान गरेका छन् । संकलित १०५ युनिट रगत रक्तसंचार पोखरा लगिएको छ । कार्यक्रमका बारेमा लियो क्लबका अध्यक्ष दिक्षान्तप्रताप खांणले प्रकाश पार्नुभएको थियो । लायन्स क्लवका अध्यक्ष कविता भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लायन्सका द्धितिय उपाध्यक्ष विजय कोईरालालले गर्नुभएको थियो भने धन्यवाद कार्यक्रम संयोजक चुत्रकुमारी थापा दुर्गाले गर्नुभएको थियो ।
.
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…