जन्मदिनको खर्च जेष्ठ नागरिकलाई
गल्याङ : जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी असल कार्यमा खर्च गर्ने क्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आफ्नो जन्मदिनको अवसरमा राम्दीका जेष्ठ नागरिकलाई प्रदान गर्नुभएको छ । अर्यालले जन्मदिनको अवसरमा रामनदी धाम राम्दीका जेष्ठ नागरिकलाई भोजन गराउनुभएको हो ।
शिब पार्वती जेष्ठ नागरिक आश्रम राम्दीमा रहेका जेष्ठ नागरिकलाई एक दिनको भोजन गराउने क्रममा अर्यालले ६ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो ४५ औं जन्मदिनको अवसरमा जेष्ठ नागरिकहरुलाई सेवा गर्न पाउँदा निकै खुशी लागेको अर्यालले बताउनुभयो ।
.

उहाँले जन्मदिनको अवसरमा पार्टी गर्ने लगायतका फजुल खर्च गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि आफुले सानो सहयोग गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो –‘जेष्ठ नागरिक सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँहरुको सन्तुष्टी नै हाम्रो कर्तब्य हो । त्यसैले सानो सहयोग गरेको मात्रै हो ।’
जेष्ठ नागरिक आश्रमका लागि सबैको सहयोग हुनुपर्ने भन्दै उहाँले रामनदी धाम राम्दी जस्तो पवित्र ठाउँमा आई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आश्रमका व्यवस्थापक सुनिल श्रेष्ठले जेष्ठ नागरिकलाई एक दिनको भोजन गराए वापत छ हजार रुपैयाँ भन्दा माथि प्रदान गर्नुपर्ने बताउनुभयो ।
उहाँलै दैनिक सरदरमा एक जना यसरी भोजन गराउनेहरु आउने जानकारी पनि दिनुभयो । भोजन गराउन हस्तान्तरण गरिएको दान रकमबाट आश्रमलाई व्यवस्थित बनाउने कार्यमा पनि टेवा पुगेको श्रेष्ठले बताउनुभयो ।
आश्रममा अहिले १६ जना जेष्ठ नागरिक रहेका छन् ।
.

समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


