कक्षा १२ को नतिजा सार्वजनिक
काठमाण्डाै : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार ६ हजार ९ सय १६ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । यस्तै, ३८ हजार ४ सय ८० जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याएका छन् । यसैगरी, ७६ हजार ८ सय ४१ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० ल्याएका छन् ।
२.४१ देखि २ दशमलव ८० ल्याउने विद्यार्थीको संख्या एक लाख ९ हजार ३ सय १२ छ । यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४ सय २७ रहेको छ । यसैगरी, सात हजार १ सय ६४ जनाले १ दशमलव ६१ देखि २ दशमलव शून्य, ३ सय ३३ जनाले १ दशमलव २१ देखि १ दशमलव ६०, चार जनाले शून्य दशमलव ८१ देखि १ दशमलव २० र १८ हजार ८ सय ३९ जनाले ० देखि ० दशमलव ८० जीपीए पाएका छन्।

यसपालि नियमिततर्फ ३ लाख १० हजार ३ सय १६ जनाले, गेडवृद्धितर्फ ९१ हजार ९ सय र आंशिकतर्फ ३१ हजार ५५ जनाले परीक्षा दिएका थिए । आंशिकतर्फका एक जनाको परीक्षा रद्द भएको छ भने ६ हजार ३ सय २० जनाले परीक्षा स्थगित गरेका छन् । कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट पनि थाहा पाउन सकिन्छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट नतिजा हेर्न सकिने छ । यसैगरी, नेपाल टेलिकमको नम्बर १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
यसपालि कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


