गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था वालिङको ८औँ साधारण सभा

वालिङ : वालिङ गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था वालिङको ८औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले महिलाहरुले स्थापित गर्नुभएको सहकारी जिल्लामै नमुनायोग्य भएको बताउनुभयो । साथै प्रमुख खांणले धेरै महिलाहरुलाई एकिकृत गरी सहकारीले महिलाहरुलाई आर्थिक रुपमा समेत सशक्त बनाउन सहकारीले उत्प्रेरित गरेको बताउनुभयो । साथै उहाँले महिलाहरु सामुहिक रुपमा अगाडि बढ्दा धेरै सफलता मिलेको भन्दै गतिशिल पनि एक उदाहरणीय संस्था भएकाले थप उचाईमा पुग्नका लागी शुभकामना व्यक्त गर्नुभयो ।

.

कार्यक्रममा वालिङ होल्डिङ कोअपरेटिभका सचिव भुपराज बगाले, न्यू गाँउबेसी बचत तथा सहकारीका अध्यक्ष अर्जुन खनाल, कार्यपालिका सदस्यद्धोय युगमाया पंगेनी र गिता रनपाल, सहकारीका सल्लाहकार मन्जुकुमारी श्रेष्ठ, देवकुमारी श्रेष्ठ, सुर्यलाईफ इन्सुरेन्सका वालिङका प्रमुख संगिता श्रेष्ठ, राष्ट्रिय सहकारी वालिङका प्रमुख टिकाराम अधिकारी, दियालो यूएनडिपि कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, दियालो युएनडिपि बजारीकरण प्रमुख राजु खनाल, हाम्रो सहकारीका अध्यक्ष मेघराज गैह्रे, सुआहरा कार्यक्रम प्रबन्धक ओमसुवा गुरुङ, रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले, संस्थाका कृषि संजाल संयोजक शान्ति तिवारीलागयतले बोल्नुभएको हो ।

.

कार्यक्रम संस्थाकी अध्यक्ष कविता तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष पुर्णकला वोस्ती र सञ्चालन सचिव इन्दिरा अधिकारीले गर्नुभएको थियो । ७ हजार ३९७ जना सेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड १५ लाख २६ हजार ९ सय रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । कोरोनाका कारण सहकारीले प्रतिनिधिमुलक रुपमा सदस्यहरुलाई जम्मा गराई जुमबाट समेत भर्चुअल रुपमा साधारण सभा गरेको हो । कार्यक्रमको रेडियो आँधीखोलाले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

त्यस्तै उता राधाकृष्ण महिला जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भीरकोट ८ मोहनडाँडाको ११औँ साधारण सभा तथा सिलाईकटाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले सहकारीले महिला शसक्तिकरण र महिला गतिशिलताका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

.

साथै प्रमुख खनालले सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादनमुलक कार्यमा प्रोत्साहन गर्नुपर्ने भन्दै सेवाग्राहीलाई सरल सहज सेवा प्रवाह गर्न जोड दिनुभयो । कार्यँक्रममा हरिप्रसाद खनाल, वडा सचिव भेषबहादुर रानालगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष मित्रकुमारी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन विन्दु केसीले गर्नुभएको थियो ।

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP