कोभिडले प्रभावित गरायाे आठौ वालिङ महोत्सवमा ।

वालिङ : हरेक दुईबर्षमा चाड झै मनाउदै आएको वालिङ महोत्सव यो बर्ष कोरोना संक्रमणका कारण प्रभावित हुन पुगेको छ । वालिङ उद्योग वाणिज्य संघले प्रकाशित गर्ने भित्ते पात्रोमा माघ १५ गते देखि २६ गते सम्म आठौ महोत्सव आयोजना गर्ने सूचना प्रकाशित गरेको थियो । सोही बमोजिम तयारीमा जुट्दै आएको वालिङ उद्योग वाणिज्य संघलाई यो बर्ष आयोजना हुने महोत्सवलाई कोभिड १९ ले ब्रेक लगाइदिएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणले आठौ वालिङ महोत्सवलाई प्रभावित गरेपनि वालिङ उद्योग वाणिज्य संघले विविध कार्यक्रमको आयोजना गरी प्रतिकारत्मक झलकलाई भने निरन्तरता दिएको छ ।

प्रतिकुल अवस्था आएपनि वालिङ उद्योग वाणिज्य संघले गर्ने क्रियाकलाप अनुसार महोत्सव पनि एक हो संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले भन्नुभयाे,‘विगतका महोत्सव र आगामी महोत्सवका बारेमा छलफल र समिक्षा गरेका छौं ।’ वालिङ मात्रै नभएर जिल्लाकै पहिचानको रुपमा परिचित भएको वालिङ महोत्सव यो बर्ष थियो तर प्रतिकुल समस्यका कारण गर्न सकेनौ भन्ने सन्देश पनि दियौ पौडेलले भन्नुभयाे । उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवमा वालिङका उद्योगी व्यवसायी, समाजसेवी, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, प्रशासनिक निकाय लगायतको आवश्यक सहयोग हुदै आएको थियो । जसका कारण वालिङ महोत्सव गण्डकी प्रदेशकै उत्कृष्ट मानिदै आएको थियो । यो बर्ष महोत्सव हो भनेपछि नयाँ बर्ष शुरु हुनसाथ वालिङवासीमा एकखाले उत्साह थपिने मात्रै होइन महोत्सव नजिकिदै गर्दा बेहुली झै बजारलाई सिगार्नेमा पनि तल्लिन हुन्थे । यो बर्ष कोरोना संक्रमणले महोत्सव नहुने भएपछि वालिङ निकै सुनशासन बनेको छ ।

.

वालिङवासीमा महोत्सव हुदैन भन्ने अवस्था सिर्जना नहोस भनेर हामीले ८ ओटा बत्ती बालेर महोत्सवको सम्झना गरेका छौं संघका महासचिव ध्रुवविक्रम खाँणले भन्नुभयाे,‘आगामी बर्षमा हुने महोत्सवलाई आठौ भन्ने या नवौ  भन्ने बिषयमा छलफल गर्नेछौं ।’ वालिङ मात्रै नभएर जिल्लाकै कृषि, उद्योग, कला संस्कृति, शैक्षिक, पर्यटन, व्यापार व्यवसायको प्रवद्र्धन गर्ने महोत्सव वालिङको पहिचान हो खाँणले भन्नुभयाे। संघले उद्योगी व्यवसायीको मात्रै नभएर नागरिकहरुको अधिकारका बिषयमा समेत अगुवाई गर्दै आएको खाँणको भनाई छ । कार्यक्रममा निर्वतमान अध्यक्ष पुण्यप्रसाद अर्यालले संघले वालिङलाई व्यवसायी बातावरण बनाउन पहलकदमी चाल्नु पर्ने धारणा राख्नुभयाे । महोत्सवले निर्यात गर्न नसकेपनि आयतलाई रोक्ने काममा महत्वपूर्ण भुमिका खेलेको अर्यालले बताउनु भयाे ।

संघका बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाललले स्वागत गरेको आठौ वालिङ महोत्सवमा विविध कार्यक्रममा महिला पुर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, सल्लाहकार चेतनाराण श्रेष्ठ, समाजसेवी अमरलाल कर्माचार्य, भरतप्रसाद वगाले, मसिहला उद्यमी माया कडेल लगायतका बक्ताहरुले उद्योगी व्यवसायीको हकहित र वालिङलाई विश्वभर चिनाउने भुमिकामा संघको महत्वपूर्ण भुमिका रहेको बताएका थिए ।

.

संघका उपाध्यक्ष गिरमान गुरुङले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गरेको संघका महासचिव खाँणले जानकारी दिनुभयाे । महोत्सव गर्न नपाएपनि संघले ७ प्रदेशका एक—एक उद्योग वाणिज्य संघ सगँ मितेरी साईनो गास्ने अभियान शुरु गरेको भन्दै उत्पादनलाई आदनप्रदान गरी आर्थिक चलायमान बनाउन उद्योग वाणिज्य संघ सगँ भगिनी सम्वन्ध राख्ने अभियानको शुरुवात गरेको पौडेलको भनाई छ ।

वालिङ उद्योग वाणिज्य संघले प्रतक्षरुपमा मेची उद्योग वाणिज्य संघ सगँ विभिन्न सम्झौतामा हस्ताक्षरण गरिसकेको छ भने अन्य उद्योग वाणिज्य संघ सगँ इमेल मार्फत हस्ताक्षरण भएको पौडेलले बताउनु भयाे । संघले अगाडी सारेको प्रदेश स्तरीय संघ सगँ भागिनी सम्वन्धले वालिङलाई थप फाईदा पुग्ने विश्वास व्यवसायीले गरेका छन् । (पव्लीक आवाज)

Facebook Comments Box
TOP