वालिङको सिरकडस्ना उद्योगमा आगलागी
वालिङ : वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट लाखौंको क्षति भएकोअ अनुमान गरिएको छ ।
स्थानीय टिकाराम पाण्डेले ६ वर्षदेखि सञ्चालन गर्दै आएको उद्योगमा कर्मचारीले काम गर्दागर्दै अकष्मात आगलागी भएको थियो ।
स्थानीय, सुरक्षाकर्मी र वालिङ नगरपालिकाको दमकलको सहायताले आगो नियनत्रणमा लिइएको छ ।
आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीर : सामाजिक सञ्चाल
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


