द निर्भीक फाउन्डेशनद्वारा सुरक्षित बस्ती निर्माणको थालनी
पर्वत : द निर्भीक फाउन्डेशनले जोखिम बस्ती स्थानान्तरण गरी सुरक्षित बस्ति निर्माणको शिल्यान्यास गरेको छ । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको र उक्त समुदायका नागरिकको आर्थिक अवस्था पनि नाजुक भएका कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित बस्ति निर्माण कार्यको शिल्यान्यास गरेको हो ।
स्थानीयबासिन्दाको उपस्थितिमा पैयूँ गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङ र पैयूँ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष उमाकान्त भुर्तेलले सुरक्षित बस्ती निर्माणको शिल्यान्यास गर्नुभएको हो । बस्ती शिल्यान्यास गर्दै पैयूँ गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले फाउन्डेशनले विपन्न तथा पहिरोको जोखिममा परेकाको लागि बस्ती निर्माण सुरु गरेर सह्रानीय काम गरेको भन्दै गाउँपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । गुरुङले मानव जीवन रक्षार्थ सुरु गरिएको बस्ती निर्माण कार्यको खुलेर प्रशंसा गर्नु भयो ।
.

उहाँले बस्ती निर्माण कार्यमा गाउँपालिकाले पनि सहयोग गर्ने बताउदै बस्ती निर्माण कार्यमा सबैले साथ दिनु पर्ने बताउनु भयो । शिल्यान्यास कार्यक्रममा पैयूँ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष उमाकान्त भुर्तेलले वर्षौ देखि भिरमा रहेको जोखिम बस्तीलाई स्थानान्तरण गरी घर बनाउन लागेको कार्यलाई धन्यवाद प्रकट गर्दै सोही कार्यलाई निरन्तरता दिन आगामी आर्थिक वर्षमा वडाले बजेट नै छुट्याएर बस्ती स्थानान्तरणमा सहयोग गर्ने बताउनु भएको छ ।
जोखिम बस्तीमा रहेका दलित परिवारका लागि १५ वटा घर निर्माण गर्ने योजना रहेको द निर्भीक फाउन्डेशनका अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनुभएको छ ।
.

समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


