स्याङजामा प्रजनन अधिकार सम्बन्धी अन्तरिम मार्ग निर्देशन बारे अभिमूखीकरण

भवानी अधिकारी/स्याङजा :
प्रजनन मातृ नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि अन्तरिम मार्ग निर्देशन सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितिको समन्वय तथा आइपास नेपालको सहयोगमा कोभिड १९ महामारीको समयमा भोग्नु परेको समस्या एवं त्यसपछि बनेका नीति नियमका बारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले दिनप्रतिदिन बढ्दै गएको अपत्यारिता घटनालाई निरुत्साहित बनाउन महिला सशक्तिकरणसंगै सामाजिक सशक्तिकरणको आवश्यकता रहेको बताउनुभयो । सुरक्षित गर्भपतन गर्नुपर्ने कारण सहित महिलाका स्वास्थ्यमा ध्यान दिन जरुरी रहेकोमा जोड दिदै उहाले जिल्लाका ११ वटै पालिकासंग समन्वय गर्दे सरोकारवालाबीच छलफल चलाउने बताउनुभयो ।
कार्यक्रममा अन्तरपाटी महिला संजालका अध्यक्ष तारा शर्मा, आइपास स्याङ्जा प्रतिनिधी प्रतिमा पाण्डे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । आइपासका कानूनी सल्लाहकार माधवी बज्राचार्य, गण्डकी प्रदेश संयोजक थमकुमारी कुवर, स्वास्थ्यकर्मी सुषमा सेन, स्वास्थ्य अधिकृत मित्रलाल अर्याल लगायतले सुरक्षित गर्भपतन र कानूनी प्रावधान, मातृशिशु प्रजनन, प्रजनन अधिकार लगायतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास संयोजक एव वडा अध्यक्ष शेषराज ढकालले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गर्नुभएको थियो । यसैबीच, पुतलीबजार नगरपालिकामा पनि स्वास्थ्यकर्मी बिच सोही प्रकारको अभिमूखीकरण कार्यक्रम गरिएको थियो ।

Facebook Comments Box
TOP