स्याङजा उद्योग वाणिज्य संघको अधिवेशनको सुरु
भवानी अधिकारी/स्याङजा :
स्याङजा जिल्ला उद्योग वाणिज्य संघको ३७ औं साधारणसभा तथा १५ औं अधिवेशनको उदघाटन सत्र शुक्रवार स्याङजा सदरमुकाममा सम्पन्न भएको छ ।
अधिवेशनको पहिलोसत्र उदघाटन गर्दे नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले कर उठाउने कानून बनाउन जाने पनि ब्यवसायीका हकm हित र सुबिधाका बारेमा कानून बनाउन चुकेको बताउनुभयो । कोरोनाबाट ९ महिना ब्यापार घाटा सहेका ब्यवसायीले कर बुझाउन तयार भए तर सरकारले भने सहुलियत राहत पनि उपलब्ध गराउन नसक्नु दुखद रहेकोमा जोड दिनुभयो । ४ लाख युवालाई रोजगार, २ डिजिटको अर्थतन्त्र र कोभिड प्रभावितलाई राहत दिनेगरी महासंघको एजेण्डा रहेको बताउदै जानकारी गराउनुभयो ।
.

कार्यक्रममा केन्द्रीय सदस्यहरु देवकुमार श्रेष्ठ, बाबुराम गिरी, शोभाकान्त पौडेल, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापति, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, नेपाली कांग्रेसका प्रवक्ता इन्द्रबहादुर गोदार, महिला नेतृ हिरादेवी शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका संयोजक जयनारायण श्रेष्ठ लगायतले जिल्लाको विकासका लागि राम्दीको पुल र सिद्धार्थ राजमार्ग बिस्तारका अभियान तत्काल सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा कोषाध्यक्ष राजन घिमिरेले आर्थिक प्रतिवेदन र अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठको अधयक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रविन्द्रमान श्रेष्ठले धन्यवाद एवं महासचिव भिमकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
अधिवेशनको अहिले बन्द सत्र चलिरहेको र शनिवार नयाँ कार्यसमिति चयन हुने निर्वाचन समितिका संयोजक हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष ( महिला, उद्योग, वाणिज्य) तर्फका, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ८ सदस्यगरी कुल १८ पदका लागि निर्वाचन हुने भएको हो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


