पुर्व विद्यार्थीहरूद्धारा पूर्णामृत भवानी माविलाई फिल्टर प्रदान

filter waling

वालिङ :

पूर्णामृत भवानी माध्यामिक विद्यालय वालिङ १० का पुर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई फिल्टर प्रदान गरेको छ । पूर्णामृतबाट २०४८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले विद्यालयको प्रशासनका लागी तातोचिसो पानीको फिल्टर प्रदान गरेको हो ।

फिल्टर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज अर्यालले स्वच्छ पिउने पानी निकै संवेदनशील पक्ष भएकाले यसप्रति पुर्व विद्यार्थीहरुको चासो निकै नै सराहनीय रहेको बताउनुभयो । आँफू अध्ययन गरेको संस्थालाई थप सशक्त ढंगले अगाडि बढाउन पुर्व विद्यार्थीहरुको भुमिका निकै महत्वपुर्ण हुँने बताउनुभयो । साथै अध्यक्ष अर्यालले विद्यालयको धेरै जग्गाजमिन भएको भन्दै केहि जग्गा विचौलियाहरुले हत्याएकाले यसको खोजी गरी संरक्षण गर्नमा समेत पुर्व विद्यार्थीको सक्रियता हुनुपर्ने बताउनुभएको छ ।

.

कार्यक्रममा एसएलसी समुह २०४८ का पुर्व विद्यार्थी तथा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले विद्यालयले आँफुलगायत धेरैको भविष्य उज्जवल बनाएको भन्दै हरेकले आ–आफ्नो स्थानबाट सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्साल, सहायक प्रधानाध्यापक यमकान्त खनाल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमका संयोजक एवं एसएलसी समुह २०४८ का पुर्व विद्यार्थी युवराज गौतमले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

एसएलसी समुह २०४८ ले उपहार स्वरुप विद्यालयलाई ३० हजारको फिल्टर उपलब्ध गराएको पुर्व विद्यार्थी तथा वालिङ साना शहरी खानेपानी संस्थाका प्रमुख देव बोगटीले जानकारी दिनुभयो । पुर्व विद्यार्थी समुहले हाललाई प्रशासनलाई उपलब्ध गराएपनि छिट्टै समग्र विद्यार्थीहरुका लागी पुग्ने गरी फिल्टर उपलब्ध गराउने योजना गरेको बोगटीले बताउनुभयो ।

.

Facebook Comments Box
TOP