फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१

sports

तोलाकान्त बगाले/वालिङ :

वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो । सिनियरतर्फ कक्षा १२ सम्मका लागि जुनियरतर्फ १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी थिए । टुर्नामेन्टमा सिनियरतर्फ भुपू सैनिक आवसीय मावि वालिङ प्रथम र नेपाल आदर्श मावि द्वितीय भएका छन् । त्यस्तै जुनियरतर्फ भुम्रे मावि प्रथम, भूपू सैनिक आवासीय मावि बयरघारी द्वितीय र बुद्ध मेमोरियल बयरघारी तृतीय भएका छन् । दुवैतर्फको प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै सिनियरतर्फ उत्कृष्ट खेलाडीमा नेपाल आदर्श माविका विशाल गुरुङ, उत्कृष्ट गोलकिपरमा भूपू सैनिक आवासीय मावि वालिङका आकाश थापा र सर्वाधिक गोलकर्ता भूपूकै सुरज एस्के भएका छन् । त्यस्तै जुनियरतर्फ उत्कृष्ट खेलाडी भुम्रे माविका विशाल विक, उत्कृष्ट गोलकिपर भूपू सैनिक बयरघारीका अनुज मगर र सर्वाधिक गोलकर्ता भुम्रे माविका मनिस परियार भएका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै एन्फाका केन्द्रीय सदस्य तथा वालिङ खेलकुद विकास समितिका संयोजक एलवि ज्वारचनले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको खेल क्षमताको विकास हुने र प्रोत्साहन समेत मिल्ने बताउनुभयो । पहिलो पटक सञ्चालन गरिएको रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तररुपमा सञ्चालन गरिने स्पोटर्स सेन्टरका सञ्चालक गणेश सुवेदीले बताउनुभयो । सुबेदीको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहको सञ्चालन तोलाकान्त बगालेले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP