वालिङमा खुल्ला पुरुष बि एण्ड सि ब्याडमिण्टन प्रतियोगिता
वालिङ : लियो क्लब अफ वालिङ सिटीको आयोजनामा खुल्ला पुरुष बि एण्ड सि क्याटागोरि व्याडमिण्टन प्रतियोगिता वालिङस्थित कभर्डमा सम्पन्न भएको छ । वालिङ, भीरकोट र चापाकोट नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ वालिङ सिटीको समन्वयमा आयोजित प्रथम लियो वालिङ ब्याडमिण्टन कप डबल ब्याडमिण्टन प्रतियोगिता २०२० र २१ को समापन गर्नुहुँदै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले खेलले युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले खेल क्षेत्र तथा खेलाडीहरुको विकासका नगरपालिका सँधै सकरात्मक रहेकाले खेलाडीहरुलाई स्थापित गर्ने कार्यक्रमहरु समेत ल्याउने बताउनुभयो ।
।
उद्घाटन समारोहमा भिर्कोट नगरपालिका प्रमुख छायाराम खनालकाे प्रमुख आतिथ्यता रहेको थियो भने समापन समारोहमा भने वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भीरकाेट नगर प्रबक्ता दिपेन्द्र केसी , लायन्स क्लवस् इन्टरनेशनल डिस्टक ३२५ बि वान नेपालका एओजी चेतनाराय श्रेष्ठ,जाेन चियर पर्शन देवेन्द्र प्रसाद भट्टराई,लायन्स क्लव अफ वालिङ सिटीका अध्यक्ष कविता भूषाल, लियो जिल्ला परिषद ३२५ बि १ नेपालका अध्यक्ष आदर्श मोहन भट्टराई , सचीव समिर बराल , अध्यक्षिय सल्लाहकार सुबर्नराज पन्त लगायतको अतिथिहरुको उपस्थिति रहेको को थियोे ।
।
संस्थाका अध्यक्ष लियो दिक्षान्तप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव लियो हरि रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन लियो शिव हिताङले गर्नुभएको थियो ।
प्रतियोगितामा बि क्याटागोरि तर्फ बुटवलका सुमितकुमार घिमिरे र खड्कबहादुर आले प्रथम हुनुभएको छ भने वालिङका प्रताप सुवेदी र विष्णु गुरुङ द्धितिय हुनुभएको छ । त्यस्तै सि क्याटागोरि तर्फ लियो शिव हिताङ र अनिल हिताङ प्रथम र ओम गुरुङ र पात्ते गुरुङ द्धितिय हुनुभएको छ ।
दुवै क्याटागोरिका प्रथम , द्धितियले प्रथम हुने नगद रु. २० हजार, द्वितीय हुनेले रु. १० हजार नगद सहित ट्रर्फी, मेडल र फ्रेमसहितको प्रमाणपत्र प्राप्त गर्नुभएको छ िभने उत्कृष्ट खेलाडि घोषणा हुनुभएका बुटवलका सुमन थापाले ट्रर्फी, मेडल र फ्रेमसहितको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा स्याङ्जा सहित गुल्मी, पाल्पा, कास्की र रुपन्देही गरि ५० समुहको सहभागिता रहेको थियो ।
।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…