पञ्चेबाजा संरक्षणका लागि वडा कार्यलयद्वारा बाजा हस्तान्तरण
वालिङ : लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणका लागि वडा कार्यालयले बाजा हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका ७ ले बिवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यहरुमा बजाईने पञ्चेबाजा संरक्षण कार्यक्रम अन्तर्गत गह«ौंकालिका पञ्चेबाजा समूह पैदीलाई दश थान बाजा हस्तान्तरण गरेको हो ।
वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा दश थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडा अध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।
“गह«ौंकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौं” वडा अध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै ब्यवसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौं ।”
वडामा रहेका अन्य बाजा समूहहरुलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो ।
वडाको बजेटबाट सहनाई, ट्याङ्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमति पञ्चेबाजा हस्तान्तरण गरिएको हो ।
पुराना कला संस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमति बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


