नेविसंघ वालिङद्वारा सहिद दिवसका अवसरमा दीप प्रज्वलन र माल्यार्पण।

वालिङ :
नेविसंघ वालिङले सहिद दिवसको अवसरमा दीप प्रज्वलन एबम् माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सभपतित्व नेविसंघ वालिङ नगरपालिका कार्यसमिति सभापति दिक्षान्त प्रताप खाँणले गर्नु भएकाे थियाे । प्रमुख अतिथि नेपाली कांग्रेस स्याङ्जा प्रतिनिधि सभा २ (क) का सभापति अर्जुन प्रकाश अर्यालले सहिदहरुले गरेको योगदानको बारेमा चर्चा गर्नु भएको थियो। उहाँले सहिदहरुले देखाएको बाटोमा हिंड्न पर्ने कुरालाई जोड दिनु भएको थियो। सहिदहरुले जुन उदेश्य को लागि आफ्नो ज्यान दिनु भएको थियो त्यो कुरा हामीहरूले बिर्सन नहुने भन्दै अहिलेको सरकारले सहिदको सपना माथि नै खेलबाड गरेको अाराे लगाउनु भयाे ।
.

कार्यक्रममा सभापति खाँणले राष्ट्र निर्माणमा सहिदहरुले अतुलनिय योगदान गरेको बताउनु भयो ।केपी शर्मा ओली को नेतृत्व को सरकारले सबै उपलब्धि हरुलाई कुल्चेको उहाँकाे भनाइ छ । कार्यक्रममा क्षेत्रीय सचिव दामोदर लम्साल ,नगर कार्यबाहक सभापति भिमलाल सुवेदी नगर सचिव भुपराज बगाले लागायतले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य नेविसंघ नेता कमल कुँवर ले गर्नु भएको थियो। कार्यक्रम को सञ्चालन नेविसंघ वालिङ का नेता हरी रेग्मीले गर्नु भएको थियो। कार्यक्रम संयोजक विद्यार्थी नेतृ मनिषा लामिछानेले जानकारी गराउनुभएको को थियो l
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…