वालिङ क्याम्पसले महङ्गो शुल्क लिएको भन्दै नेबिसंघ र अखिलले बुझाए चेतवानी सहितको ज्ञापनपत्र ।

NSU_Akhil

वालिङ :
वालिङ बहुमुखी क्याम्पसले बिद्यार्थीहरुसँग महङ्गो शुल्क लिएको भन्दै नेपाल बिद्यार्थी संघ र अनेरास्ववियूले बिरोध जनाएका छन् ।
संयुक्त बिद्यार्थी संगठनका तर्फबाट क्याम्पस प्रमुख सचिदानन्द यादवलाई आज चेतावनी सहितको ज्ञापनपत्र बुझाइएको हो ।
नेविसंघका सन्दिप कडेंल र अनेरास्ववियुका दिनेश खनालको संयुक्त रुपमा हस्ताक्षर गरी बुझाईएको ज्ञापनपत्रमा कोभिडको मारमा परेका बिद्यार्थीहरुलाई प्राईभेट क्याम्पसले जसरी ढाँड सेक्ने काम गरेको आरोप लगाईएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “देशमा भएको सामाजिक राजनीतिक आन्दोलन सम्पर्ण विधार्थीहरुको हक र हितलाई आत्मसात गर्दै निरन्तर आम विधार्थीहरुको पक्षमा संयुक्त विधार्थी संगठनले काम गर्दै आएको सर्वविदित नै छ । विगत देखि वर्तमान सम्म विधार्थीहरुको शैक्षिक विषयहरुमा हामी संवेदनशील भएर भुमिका निर्वाह गरिरहेका छौ । मुलकै पहिलो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा विगत केहि समय देखि शिक्षकहरु ले विधार्थीहरुको हक र हित बिपरित कार्य गरदै आफ्नो अनकुलको निर्णय गर्दै अएकोमा हामी संयुक्त विधार्थी संगठनकों गम्भिर ध्यानाकर्षण भएको छ ।”
ज्ञापनपत्रमा कोभिड १९ को कारणले बिश्वअर्थतन्त्र नै संकटमा परेको बेला विधार्थीलाई मर्कामा पारने गरी प्राइभेट क्याम्पस ले जस्तै शुल्क लिने निर्णय भएकोमा संयुक्त विधार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको छ, भनिएको छ ।
पटक पटक बैठक र सल्लाह गर्दा निष्कर्ष निकाल्नुको साटो आफ्नो मनोमानी गदै अगाडि बढेको आरोप लगाईएको छ । साथै तत्काल बैठक बसि विधार्थीसंग लिने शुल्क नघटाएमा संयुक्त विधार्थी संगठन चरणवद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिईएको नेविसंघका नेता सन्दिप कडेंलले जानकारी दिनुभयो ।

.

Facebook Comments Box
TOP