गल्याङमा गरिएको निबन्धलेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा भएको नगरपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बुधबार प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।
गएको भदौ २९ गते बाल दिबशका अवसरमा ‘कोरोना कहरमा विद्यालय शिक्षा’ शीर्षकमा अनलाइनको माध्यमबाट भएको प्रतियोगितामा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले शिक्षा र बालबालिकालाई जोडर नगरपालिकामा विशेष कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘बालबालिकालाई लक्षित गरेर हामी विशेष कार्यक्रम ल्याउन लागेका छौं । यसले विद्यार्थीको रचनात्मक विकासमा सहयोग पुग्ने मेरो विश्वास छ ।’
नगरप्रमुख अधिकारीले बालबालिकालाई किताबी ज्ञानका साथै अन्य क्षेत्रमा समेत क्रियाशिल बनाउनका लागि अन्य कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले विकास निर्माणका अन्य कामहरु र कृषिमा विशेष प्राथमिकता दिइरहेको भन्दै उहाँले अब बालबालिकाको क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदारराज आचार्यले कलिला बालबालिका भविश्यका कर्णधार भएको भन्दै उनीहरुको बहुआयामिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा शाखाका सदस्य राजेन्द्रदेब खनालले अनलाइनबाट गरिएको प्रतियोगितामा नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी सहभागि भएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको प्रतियोगिताको संयोजन शिक्षा युवा तथा खेलकुद शाखाले गरेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख अञ्जु खड्काले अतिरिक्त क्रियाकलाप अन्तरगत अनलाईनबाट प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुँदै वडा नम्बर छ पिडिखोलामा रहेको नरोदय माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला पाण्डेले रु. पाँच हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यस्तै गल्याङ नगरपालिका ३, गल्याङ बजारमा रहेको चिराग आवासीय माध्यमिक विद्यालयकी छात्रा विनम्रता लुइटेलले दोश्रो हुँदै तीन हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभएको छ । वडा नम्बर ११ मा रहेको गल्कोट माध्यमिक विद्यालयकी छात्रा सृष्टी अधिकारीले तेस्रो हुँदै दुई हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


