वालिङ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकियो
तोलाकान्त बगाले/वालिङ :
महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको ८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो । वालिङको अग्रतालाई १२ औं मिनेटमा पुलिसले गोल गरेर बराबरी भएको हो ।
उक्त प्रतियोगितामा वालिङकी अमिशा कार्की उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभएको थियो । उत्कृष्ट खेलाडीलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । वालिङ नगरपालिकाले माघ १५ गते बिहीबार उदयपुरको चौदण्डगढी नगरपालिकासित प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
.

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् ।
.

समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


