७४ घरलाई कुखुराका चल्ला वितरण
तोलाकान्त बगाले/वालिङ :
वालिङ ५ को दलित बस्तीमा कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं. ५ ले दलित समुदायको आयआर्जनमा जोड दिने गरी विनियोजन गरेको रकमबाट दलित उत्थान सञ्जालले वडाका दलित समुदायमा कुखुराका चल्ला वितरण गरेको हो ।
वडाका ७४ दलित घरपरिवारलाई चार सय ४४ वटा गिरीराज जातका कुखुराका चल्ला तथा एकसय ६२ केजी दाना वितरण गरेको हो ।
चल्ला वितरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आत्मनिर्भर बन्नका लागि ब्यवसायिक उत्पादनमा जोडिनु आवश्यक रहेको बताउनुभयो । ब्यवसाय सञ्चालनका क्रममा आईपर्ने जटिलता, कठिनाईहरुमा नगरपालिकाले आवश्यक सहयोग गर्नुका साथै उत्पादित बस्तुको बजारीकरणको ब्यवस्थासमेत मिलाईदिने बताउनुभयो ।
.
“ब्यवसायको थालनी गर्नुहोस्, सञ्चालनका क्रममा आर्थिक लगायत अन्य समस्याहरु परेमा नगरपालिकाले सहजीकरणको भूमिका खेल्नेछ” नगर प्रमुख खाँणले भन्नुभयो, “कृषक तथा पशुपालन गर्नेहरुका लागि नगरपालिकाले बीउ पूँजी तथा बैंकहरुसँगको समन्वयमा सस्तो ब्याजदरका कर्जा वा नगरपालिका जमानी बसेर विना धितो कर्जा उपलब्ध गराउने छौं ।”
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ढाकाराम पंगेनी, कार्यपालिका सदस्यहरु गीता रनपाल, जमुना केसी, साविक जगतभञ्ज्याङ गाविसका पूर्व अध्यक्ष नरप्रसाद रेग्मी, वडा सदस्यहरु महेश गुरुङ, अनिता नेपाली, नेकपा नेता थमन विक, समाजसेवी फालबहादुर नेपाली, दलित उत्थान सञ्जालका सचिव पार्वती परियार लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दलित उत्थान सञ्जालका अध्यक्ष जीतबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जालका सदस्य महेश घेलेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…



