अहिलेको वर्तमान अवस्थामा भ्रष्टाचारी भनेर कम्युनिस्टलाई नै चिनिन्छ :काङ्ग्रेस नेता गुरुङ
स्याङ्जा : स्याङ्जाको हरिनास गाउमालिका ५ को चौसट्ठीदेबि आमा समुहको नवनिर्मित भवनको उद्घाटन गर्दै काङ्ग्रेस नेता धनराज गुरुङले अहिलेको वर्तमान अवस्थामा भ्रष्टाचार भनेर कम्युनिस्टलाई नै चिनिने बताएका छ्न ।नेता गुरुङले कुनै पनि हालतमा कम्युनिस्टलाई उन्मुक्ति दिन नहुने र यसै छाडियो भने सिङ्गो देशनै गलत दिशा तर्फ जाने गुरुङले बताए ।कार्यक्रममा बोल्दै नेता गुरुङले क्लब,आमा समूह जस्ता समाजमा रहेका संस्था मिलेर काम गरे समाज मात्र नभएर सिङ्गो देशनै बिकासको मार्ग तर्फ जाने तर्क दिए ।
उक्त भवन नेता गुरुङले संविधानसभा सभाषद हुदा बिनियोजन गरेको दुई लाख पचास हजार र आमा समुहले विभिन्न चन्दाबाट रकम संकलन गरि निर्माण गरिएको आमा समुहको अध्यक्ष टिकामाया रानाले जानकारी दिइन ।भवन नहुंदा यसअघि खुल्ला चउरमा आफ्नो नियमित कार्यालयगत कामकाज र बैठक गर्दै आएको आमा समुहलाई भवन निर्माण भएपछि कामकाज गर्न सहजता भएको आमा समुहको सदस्यहरुको भनाइ छ ।कार्यक्रममा नेपाली काङ्ग्रेस हरिनास गाउपालिकाका सभापति टोप बहादुर चन्द ,उपसभापति टोपा भुजेल,हरिनास गाउपालिका अध्यक्ष पदका उमेदवार देब कुमार मानन्धर ,काङ्ग्रेस क्षेत्र न १`क´ का उपसभापति ओम भट्टराई लगाएतले बोलेका थिए । टिकामाया रानाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रकाश राना र संचालन सन्देश लम्सालले गरेका थिए । -हिमदुत
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


