स्याङजाको पत्रकारिता र हाम्रो दायित्व बिषयक अन्तरक्रिया
भवानी अधिकारी/स्याङजा :
नेपाल पत्रकार महासंघ स्याङजा शाखाको आयोजनामा बिहाीवार ‘स्याङजाको पत्रकारिता र हाम्रो दायित्व’ बिषयक अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारिता निरन्तर चल्ने पक्रिया रहेकाले इमान्दारिता, कर्तब्यनिष्ट र पत्रकारिताको आचारसंहिता भित्र रहेर गर्नुपर्ने बताउनुभयो । म नभए पत्रकारिता नै चल्दैन भन्ने भ्रम र दम्भवाट मुक्त हुनुपर्ने बताउदै उहाले सामाजिक उत्तरदायित्वसंगै आचार संहितालाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । नागरिक अधिकार र स्वतन्त्रता संकुचन हुन नदिनगरी कानून निर्माणका लागि संघदेखि स्थानीय तहसम्म पत्रकार महासंघले लविङ गरिरहेको बताउदै महासंघ बलियो र सक्षम बनाए मात्र पत्रकार बलियो रहने र पत्रकारिताका आवाज सार्थकता पाउनेमा उहाले जोड दिनुभयो ।
.

कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रे, सहायक प्रमुख जिल्ला अधिकारी शशी लम्साल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नवराज सुवेदी, सामुदायिक रेडियो आँधीखोला एफएमका अध्यक्ष नेत्रप्रसाद पाण्डे, पत्रकार महासंघ स्याङजाका उपाध्यक्ष अर्जुन काफ्ले, प्रेस यूनियनका अध्यक्ष प्रदीप कोइराला, पत्रकार अमृत अर्याल लगायतले हाम्रा मुल्य मान्यता र राजनीतिलाई टाढा राखेर समग्र पत्रकारिताका बिकासका लागि एक जुट हुनु पर्नेमा जोड दिनुभएको थियो ।
पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सहसचिव तोलाकान्त बगालेले संचालन गर्नुभएको थियो ।
.


समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


