बिद्यार्थीलार्ई अण्डा सहित स्वास्थ्य सामाग्री

Anup Shrestha

भवानी अधिकारी :
स्याङजा स्कुल अफ डेम्रोक्रेसीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै बिद्यालयलाई पौष्टिक आहारा अण्डा सहित सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
डेमोक्रेसीका जिल्ला अध्यक्ष अनुप श्रेष्ठले फेदिखोला गाउँपालिका ५ बागेफड्के स्थित बाराही आधारभूत बिद्यालयमा अध्ययरत बिद्यार्थी तथा शिक्षक शिक्षिकाका लागि मास्क, सेनिटाईजर र अण्डा हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले ९ सय ५० वटा मास्क, ५ लीटर सेनीटाइजर, ४ सय वटा (बट्टाई चराकोे अण्डा सहित ४ जोडी बट्टाई चरा दिनुभएको प्रधानाध्यापक बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । उपलब्ध ती चरालाई बिद्यालयले पालनपोशषगरी अण्डा उत्पादन गर्ने जनाएको छ ।
ग्रीन टेक एग्रो टुरिज्जम नेपालका कार्यक्रम संयोजक पुर्ण गुरुङले स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको हो।

.

Facebook Comments Box
TOP