नेकपा बिबाद : प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेल हटाउने दाहाल–नेपाल समूहकाे निर्णय
काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले प्रदेश इन्चार्जबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएको छ ।
कोटेश्वरस्थित पेरिसडाडाँमा सोमबार बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।
माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेललाई र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्ज समेत तोकेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दाहाल–नेपाल समूहकै नेता इन्चार्ज छन् ।
यसअघि ओली समूहले पनि दाहाल–नेपाल समूहमा रहेका प्रदेश इन्चार्जहरुलाई हटाइसकेको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


