नेकपा बिबाद : प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेल हटाउने दाहाल–नेपाल समूहकाे निर्णय

काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले प्रदेश इन्चार्जबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएको छ ।
कोटेश्वरस्थित पेरिसडाडाँमा सोमबार बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।
माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेललाई र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्ज समेत तोकेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दाहाल–नेपाल समूहकै नेता इन्चार्ज छन् ।
यसअघि ओली समूहले पनि दाहाल–नेपाल समूहमा रहेका प्रदेश इन्चार्जहरुलाई हटाइसकेको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…