कमिशनमा कुरा नमिल्दा संसद नै बिघटन भो — युवा नेता थापा

Raju

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस पुतलीबजारले शनिवार स्याङजा सदरमुकाममा बृहत विरोध प्रदेशन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निस्केको रयालीले नगरपरिक्रमागरी सहिदचोकमा पुगेर कोणसभा गरेको थियो ।
प्रधानमन्त्री केपी ओली सरकारले गरेका असंबैधानिक , अलोतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुखभई प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदमबिरुद्ध पुतलीबजार नगरबासीले बिरोध प्रर्दशन गरेका हुन ।
बिरोध प्रर्दशनपछी आयोजित कोणसभालाई सम्बोधन गर्दै संबिधासभा सदस्य एवं युवा नेता राजु थापाले नेपाल कम्यूनिष्ट पाटीका शिर्षनेताहरुबीच नै कमिशनमा कुरा नमिल्दा प्रम केपी ओलीले संसद बिघटन गर्नुभएको बताउनुभयो । उहाले भन्नुभयो ‘आयोजना निर्माणका नाउमा राष्ट्रिय र अन्र्तराष्ट्रिय कम्पनीलाइै ठेक्का दिदा अरवौंको चलखेल भएको छ।’ ओलीले आफना सहकर्मीलाई ब्यवस्थापन गर्न नसक्दा र एकलौटी प्रबृद्धी हावी गरेकाले कम्यूनिष्ट पार्टीमा फुट आएको र त्यसको परिणाम सारा नेपाली जनताले भोग्नु परेको बताउनुभयो ।
आफु भ्रष्टाचारको बिरोधी बताउने केपी ओलीले आफुलै बनाएका मन्त्रीले अरवौंको भ्रष्टाचार गर्दा चुप लागेर बसेको र उल्टै भ्रष्टाचारीलाई चोख्याउन उद्धृत रहेको भन्नुभयो । प्रधानमन्त्रीका गलत कदमका बिरुद्धमा सर्चोच्च्ले न्याय दिनेमा आफु बिश्वस्त भएको बताउदै सर्वोच्चको निर्णय बमोजिम संसद पुर्नस्थापर्ना कि निर्वाचन जे हुन्छ त्यसलाई स्वीकार गर्दे नेपाली कांग्रेस तयार हुनु पर्नेमा उहाको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्यहरु तुलसी गिरी, देवी अर्याल, प्रवक्ता इन्द्रबहादुर गोदार, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महिला नेतृ हिरादेवी शर्मा, श्रम बिभाग केन्द्रीय सदस्य दिर्घनारायण शर्मा, सहकारी बिभाग केन्द्रीय सदस्य केशवराज लम्साल, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, तरुण दलका कार्यवाहक सभापति शिवसंसार श्रेष्ठ लगायतले ५ बर्षे जनादेश पाएको सरकारले ३ बर्षमै संसद बिघटन गरेर मुलुकलाई अधोगतितर्फ धकेलेकोमा जोड दिएका थिए । कोरोनाको उपचार पाउन नसकेका नेपालीले चुनावका नाउमा फेरि खर्वोंको ऋण भार बोक्न वाध्य बनाउने केपी ओलीका असंवैधानिक कदम बिरुद्धको आन्दोलनलाई सहयोग गर्दै केपी ओलीको तानाशाही प्रवद्धृीको अन्त्य गर्नुपर्नेमा वक्ताहरुको भनाई छ।
नेपाली कांग्रेस पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगााको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव धु्रवबन्धु पौडेलले स्वागत एवं सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP