पोखरामा ‘लिडरसिप मोटिभेसनल सेमिनार’ सम्पन्न ।
पोखरा : नेतृत्व मञ्च पोखरा, जिरो डाएप्टर क्लबको सहकार्य र परिचय डटकमको प्रवर्द्वनमा लिडरसिप मोटिभेसनल सेमिनार’ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा–५ जिरो कि.मी. मा अवस्थित पोखरा ईन्भेस्टमेन्टमा ‘लिडरसिप मोटिभेसनल सेमिनार’ सम्पन्न भएको हाे ।
मञ्चले पृथक किसिमको अवधारणामा आधारित रही तयार गरेको ‘अनुगमन मार्फत नेतृत्व विकास तीव्र पार्दै’ नामक ‘लिडरसिप स्कुलिङ्ग’ प्लेटफर्मको पहिलो ईभेन्टको रुपमा भएको उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।
सेमिनारका प्रमुख वक्ता युवा उत्प्रेरक उमेश के.सी. ले सार्वजनिक भाषण सिप, नेतृत्व विकास सिप सँग सम्बन्धित उत्प्रेरणा सत्र र हस्ताक्षर विश्लेषण सत्र संचालन गरेका थिए ।
मञ्चका संयोजक लिडर आरोग्य मोहन काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेतृत्व मञ्च, पोखराकी प्रवक्ता लिडर प्रतिमा पौडेलले युवाहरुमा नेतृत्व सिप अभिवृद्वी गर्ने अभिप्रायका साथ सेमिनार आयोजना गरेको बताईन ।
कार्यक्रमलाई मञ्चकी सदस्य लिडर प्रतीक्षा पौडेलले संचालन गरेकी थिईन भने अर्का सदस्य लिडर प्रविन पाण्डेको मनोरन्जन प्रस्तुती र क्लबका सदस्य गौरव थापा मगरको गायन प्रस्तुती पनि भएको थियो ।
संसदीय अभ्यासमा आधारित रही तीन नमुना (अंगनमुना नेतृत्व संसद, नमुना नेतृत्व कार्यपालिका, नमुना नेतृत्व विज्ञपालिका) को पृथक अवधारणामा निर्माणाधीन नेतृत्व मञ्च, पोखराले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…