मन्त्री अर्याललाई गृहजिल्ला स्याङ्जामा कालोझण्डा
स्याङ्जा :
मन्त्री पद्मा कुमारी अर्याललाई गृहजिल्ला स्याङ्जामा काँंग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आउनु भएकी मन्त्री अर्याललाई तरुणदल तथा नेबिसंघले कालोझण्डा देखाउदै बिरोध जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि कांँग्रेसले तय गरेको केन्द्रीय बिरोधको कार्यक्रम अन्तरगत वालिङमा पनि प्रदेश स्तरीय बिरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताउनुभयो ।
.

नेपाली काँँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार आज ३३० वटा प्रदेशमा विरोधसभा भईरहेका बेला स्याङ्जाको वालिङ आउनुभएकी मन्त्री अर्याललाई काँग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् । कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


