मतदाता अद्यावधिकमा जुट्यो स्याङजा निर्वाचन
भवानी अधिकारी/स्याङजा :
शुद्ध नामावली विश्वसनीय निर्वाचन भन्ने मुल नारा सहित स्याङ्जामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा राजनीतिक दल, नागरिक समाज, कार्यालय प्रमुख, सुरक्षा निकाय सहित विभिन्न संघसंस्थाबीच आउदो निर्वाचन सम्बन्धी अन्र्तक्रिया भएको हो । अन्र्तक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले सरकारले निर्वाचनको तिथीमिति घोषणा गरिसकेकाले सरकारी कर्मचारी, सुरक्षाकर्मी र नागरिक सबैले आ आफना जिम्मेवारी र कर्तब्य पुरा गर्नका लागि तयारीमा जुट्नुपर्ने बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीको प्रयासले मात्र निर्वाचन सफल नहुन बताउदै प्रत्येक नागरिकको सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । निर्वाचन कार्यालय र स्थानीय पालिकाबीच समन्वय गर्दे मतदाता नामावलीलाई जनस्तरसम्म पुरयाउन सुझाव दिनुभयो ।
.

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रै, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष भूमिजंग केसी लगायतले मतदाता नामावली समावेशको ब्यवस्था गर्नुपर्ने, मतदान केन्द्रको ब्यवस्थापन गर्नुपर्ने, मृत्यु भएका, परदेश गएका र अर्काका नाममा अघिल्लो पटक पनि मतदान भएकाले रोकिनु पर्ने र मतदान किन र कसका लागि भन्ने औचित्यता पुरा हुनु पर्ने सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो । निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले कार्यालयबाट भए गरेका काम कारवाही र अद्यावधिका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैबीच, कार्यालयले १५ गते मतदाता नामावली प्रकाशन गरेको थियो भने १६ र १७ गते (आज र भोली) दावी बिरोध सहित सच्चाउने समयावधी दिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


