भट्टराईको जन्मदिन पारेर लायन्स/लियाे क्लवद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
वालिङ :
लायन्स क्लब वालिङका पुर्व अध्यक्ष एवं बर्ष लायन्स क्लवस् ३२५ बि वान २०२०÷२१ का जोन चियर प्रसन तथा आँधीखोला मिडियाका अध्यक्ष देवेन्द्रप्रसाद भट्टराईको जन्मदिनका अवसरमा वालिङ नगरपालिका वडा नम्वर २ को बाँसपानीको आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ वालिङ सिटि र लियो क्लब अफ वालिङ सिटिको संयुक्त आयोजनामा भट्टराईको जन्मदिनका अवसरमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक को चिफ एड्भाईजर चण्डीप्रसाद अर्यालले जन्मदिनमा गरिने फजुल खर्च कटाएर यसरी सामाजिक तथा रचनात्मक लाग्दा हाम्रा नयाँ सन्नतीलाई एउटा ज्ञान मिल्ने बताउनुभयो । अनावश्यक खर्च कटाएर बचत गर्नुपर्छ अथवा केहि रकम सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने मानसिक विकासका लागी पनि देशभरका लायन्सहरुले यस्तो अभियानका साथ अगाडि बढेको अर्यालको भनाई छ ।
।
कार्यक्रममा बोल्दै लायन्स क्लब वालिङका पुर्व अध्यक्ष एवं बर्ष २०२०/२१ का जोन चियर प्रसन तथा आँधीखोला मिडियाका अध्यक्ष देबेन्द्र प्रसाद भट्टराईले सेवा गर्न पाउदा निक्कै खुसी लागेको बताउनु भयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पोतप्रसाद लम्साल, रणबीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, वडा नं. १ का वडा सदस्य अर्जुनप्रकाश अर्याल, २ का वडा सदस्य तथा विद्यालयका संरक्षक मैना कोईराला, बिगिनर्स एकेडेमीका प्रिन्सीपल दामोदर लम्साल, लायन्सका पुर्व अध्यक्ष सिताराम अधिकारी, बाँसपानी आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष घनश्याम अधिकारी, उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष चक्रबन्धु रेग्माीलगायतले बोल्नुभएको थियो ।
.
क्लबका सदस्य दिपक रेग्मीले ध्वजाको अभिवादन गर्नुभएसंगै शुरु भएको कार्यक्रममा लियो क्लबका अध्यक्ष दिक्षान्तप्रताप खाँणले स्वागत गर्नुभएको थियो भने कार्यक्रम लायन्स वर्ष २०२०/०२१ का अध्यक्ष कविता भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो त्यस्तै सञ्चालन उपाध्यक्ष विजय कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका ४८ जना छात्रछात्राहरुलाई विद्यालय पोसाकको स्वेटर वितरण गरिएको हो ।
.
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…