लियो क्लब अफ वालिङको आयोजनामा ब्याडमिण्टन प्रतियोगिता
वालिङ :
लियो क्लब अफ वालिङ सिटीको आयोजनामा वालिङस्थित कभर्डहलमा खुल्ला ब्याडमिण्टन प्रतियोगिता भएको छ ।
वालिङ, भीरकोट र चापाकोट नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ वालिङ सिटीको समन्वयमा आयोजित प्रथम लियो वालिङ ब्याडमिण्टन कप डबल ब्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्नुहुँदै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले खेल तथा खेलाडीको क्षमता विकासका लागि खेलकूद प्रतियोगिता निरन्तर हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्र तथा खेलाडीहरुको विकासका लागि आँफू निरन्तर लाग्ने प्रतिबद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना ब्यक्त गर्नुभयो ।
.

कार्यक्रममा लियो क्लब ३२५ बी १ नेपालका अध्यक्ष आदर्शमोहन भट्टराई, डिस्ट्रिक एओजी चेतनारायण श्रेष्ठ, भीरकोट नगरपालिका १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसी, लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
लियो मणिप्रसाद सुबेदीको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह संस्थाका अध्यक्ष दिक्षान्त खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव हरि रेग्मीले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. २० हजार, द्वितीय हुनेले रु. १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


