सामाजिक रुपान्तरणका लागि सहकारीकाे भूमिका महत्वपूर्ण : नगर प्रमुख गिरी
बिश्वप्रकाश भट्टराइ/चापाकोट :
ज्याग्दी बचत तथा ऋण सहकारी संस्था चापाकोट नगरपालिका ४ मल्याङ्कोट दार्सिङ स्याङ्जाको दशौ साधारण सभा सप्पन्न भएको छ । साधारण सभामा बाेल्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीले महत्वपुर्ण भूमिका खेलिरहेको बताउनु भयो । उहाँले भन्नुभयाे, उदेश्यमा केन्द्रीत रहेर पारदर्शी रुपमा समृद्ध समाजको अभियानलाई आत्मसात गर्दै अघि बढाेस मेराे शुभकामना छ ।
साधरणसभामा बाेल्दै नेपाली काङ्ग्रेसका क्षत्रीय सभापति देब बहादुर खाँण इश्वरले सहकारीकाे माध्यमबाट सामुहिक उन्नतीमा लाग्नु पर्ने बताउनु भयाे । कार्यत्रममा चापाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही लगायतले बाेलेका थिए ।
.

संस्थाका संचालक समितिका अध्यक्ष अर्जुन कुमार खाँणले सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनु भएको थियो । साथै साधरण सभामा संस्थाका कोषाध्यक्ष ऋषब लम्सालले बार्षिक आय ब्याय प्रस्तुत गर्नु भएको थियो । सहकारीका अध्यक्ष अर्जुन कुमार खाँणको अध्यक्षता मा भएको कार्यक्रममा उपाध्यक्ष बलराम गिरीले स्वागत मन्तव्य राख्नु भएको थियोे भने सञ्चालन सचिव केशव गिरीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


