राष्ट्रिय एकता दिवसमा विचार गोष्ठी
वालिङ : राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज वालिङमा ‘राष्ट्रियता र पूर्वीय दर्शनको महत्व’ विषयक विचार गोष्ठी गरिएको छ ।विश्व हिन्दु युवासंघ स्याङ्जाको आयोजनामा भएको विचार गोष्ठीमा बोल्नुहुँदै वालिङ प्रमुख दिलीपप्रताप खाँणले राष्ट्रियता आफ्नो पहिचान जोगाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले अहिले राष्ट्रियताका नाममा एकले अर्कोलाई गाली गलौज गर्ने प्रबृत्ति देखिएको छ यो राष्ट्रबाद होईन । “राष्ट्रबादी हुन एकले अर्को देशलाई गाली गलौज गर्नैपर्छ भन्ने छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “एकले अर्कोलाई सम्मान गरेर पनि आफ्नो राष्ट्रियताको संरक्षण गर्न सकिन्छ, पहिचान जोगाउन सकिन्छ ।”अहिलेको अवस्थामा एकले अर्कोलाई सम्मान र सहयोग गर्ने वातावरण बनाउनु आवश्यक रहेको प्रमुख खाँणको भनाई थियो ।
.
पृथ्वीनारायण शाहले करीब तीन सय वर्ष पहिला दिनुभएको दिब्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको प्रमुख खाँणले बताउनुभयो ।कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पं. नेत्रप्रसाद पराजुली, विश्व हिन्दु युवासंघका केन्द्रीय सदस्य डण्डापानी पंगेनी लगायतले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।विश्व हिन्दु युवा संघ स्याङजाका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिक्षान्तप्रताप खाँणले गर्नुभएको थियो । -रेडियाे आँधीखाेला
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…