हिन्दू जागरण स्याङ्जाद्धारा छाँयाक्षेत्र मन्दिरसरसफाई
नारायण विश्वकर्मा : हिन्दू जागरण नेपाल, स्याङ्जा शाखाले सनिबार मन्दिर सरसफाई कार्यक्रम गरेको छ ।
वालिङ र भीरकोट नगरपालिकाको संगममा रहेको ऐतिहासिक तथा प्रसिद्ध छायाँछेत्र शिव मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
हिन्दू जागरण नेपाल, स्याङ्जा शाखाका अध्यक्ष प्रेम सुजन शास्त्रीले मन्दिर सरसफाई कार्यक्रम संस्थाको सांकेतिक सुरुवात मात्र भएको बताउनुभयो ।
उहाँले हिन्दू जागरण स्याङ्जाले धार्मिक हस्तक्षेप विरुद्ध आवाज उठाउने, रुढीवादी परम्पराको विरोध गर्ने, धर्मका नाममा हुने गलत कार्यहरुको प्रतिरोध गर्ने लगाएत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।
उहाँले समाजलाई धार्मिक र सांस्कृतिक बनाउनका निमित्त हिन्दू जागरणको जन्म भएकाले सम्पुर्ण जिल्लावासीहरुलाई गोलवन्द हुन आह्वान गर्नुभयो ।
छायाँ क्षेत्र शिव मन्दिर परिसर सरसफाई जिल्ला कार्य समितिका सहसचिव गोविन्द गैह्रेको संयोजकत्वमा भएको थियो ।
कार्यक्रममा करिब १९ जना भन्दा धेरै हिन्दू जागरण योद्धाहरुको सहभागीता थियो ।
हिन्दू जागरण नेपालको केन्द्रिय कार्यालय काठमाण्ठौमा छ भने यसका शाखा ७७ वटै जिल्ला र विदेशमा समेत छन् ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…