भूकम्पले भत्काएको घर पहिरोले लग्यो,कमाउने उमेर हुँदै गएको छोराको मिर्गौला फेल !
१४ माघ २०७७, बुधबार ०९:०५
नारायण विश्वकर्मा : हिन्दू जागरण नेपाल स्याङ्जा शाखाका अध्यक्ष प्रेम सुजन शास्त्रीले आफ्नो धर्म र संस्कृति जोगाउन नसक्नेहरु कुलांगार भएको बताउनुभयो ।
गल्याङ बजारमा सनिबार आयोजित हिन्दू जागरण नेपाल गल्याङको प्रथम ऐतिहासिक सम्मेलनलाई सम्बोधन गर्दै शास्त्रीले यस्तो बताउनुभएको हो ।
उहाँले सनातन वैदिक हिन्दू धर्म विश्वको सार्वोत्कृष्ट र वैज्ञानिक भएकाले यस्को संरक्षण र विस्तारका लागि सम्पुर्णलाई एकजुट हुन आग्रह गर्नुभयो ।
‘हामीमा संकृर्ण र सामन्तवादी सोँच आउनु हुँदैन ।’ शास्त्रीले भन्नुभयो, ‘आफ्नो आत्मा जस्तै सबैको आत्मा हुन्छ भन्ने विषयलाई मनन गर्दै अगाडी वढेमा लक्ष्य प्राप्ती हुन्छ ।’
‘विश्वका विभिन्न मुलुकमा संस्कृत पढाई भैरहेका छन्, ती मुलुकले वैदिक सनतातन धर्म भित्र महानता र वैज्ञानिकता भेटेर त्यसो गरेका हुन् ।’ उहाँले भन्नुभयो, ‘नेपालीले सनातनधर्म र संस्कृति प्रति गौरव गर्दै यसको रक्षार्थका निम्ति जुट्नु आवस्यक छ ।’
शास्त्रीले मानव समुदायमा मानविय गुण देखाउँदै सनातन धर्ममा सबैलाई जोडेर सहि ढंगबाट समाज परिचालन गर्ने हिन्दू जागरणको महा–अभियान भएको बताउनुभयो ।
सम्मेलनमा विश्व हिन्दू महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले पश्चिमा संस्कृतिले नेपाली समाजलाई दुर्घन्धीन बनाएको भन्दै आफ्नै मौलिक परम्परामा लाग्न सबैलाई सुझाव दिनुभयो ।
‘हिन्दू धर्म संरक्षणमा लागेका यौद्धा जहाँ छौँ धर्मका कुरा गरौँ, बत्ति निभाएर होईन दियो बलेर जन्म दिन मनाउने गरौँ ।’ उहाँले भन्नुभयो, ‘जबजब विदेशी संस्कृति र संस्कार नेपाल भित्र मौलाउँदै गएको छ, तबतब मानविता हराउँदै गएको छ ।’
कार्यक्रममा हिन्दू जागरण नेपाल युवा संघका केन्द्रिय उपाध्यक्ष प्रकाश डुम्रे, हिन्दू जागरण नेपाल स्याङ्जा शाखा उपाध्यक्ष गणेश भुसाल (कुशल), हिन्दू जागरण नेपाल स्याङ्जा शाखाका सचिव नारायण विश्वकर्मा, विश्व हिन्दू महासंघ गल्याङ नगर समितिका सचिव शिशिर पौडेल लगाएतले वैदिक सनातन धर्मको संरक्षण गर्दै समाजमा विधमान विकृति र विसंगति विरुद्ध संगर्घ गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्मेलनले छविलाल भण्डारी (कुशल) लाई य हिन्दू जागरण नेपाल गल्याङ नगर समितिको अध्यक्षमा निविरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा प्रेम सुनार रामदाम, सहसचिवमा अर्जुन भण्डारी, कोषाध्यक्षमा कमल भण्डारी, सहकोषाध्यक्षमा हिमाल न्यौपाने निर्वाचित भएका छन् । सदस्यमा नारायण भण्डारी, शिव विश्वकर्मा, विष्णु श्रेष्ठ, गीता भट्टराई, संकर न्यौपाने, सपना थापा, दर्शन न्यौपाने, विश्व गैरे, जगन्नाथ अधिकारी, रेणु भण्डारी, रिता भण्डारी, विशब विक्रम एलजी, विक्रम परियार, आदित्य अधिकारी, सौरभ विश्वकर्मा निर्वाचित भएका छन् । हिन्दू जागरण गल्याङ नगर समिति २९ सदस्यीय बनाईएपनि हाललाई २१ सदस्य निर्वाचित गरिएको छ भने बाँकी पछि थप गरिनेछ ।
हिन्दू जागरण गल्याङ नगर समितिका अध्यक्ष कुशल भण्डारीेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष सिता पाण्डे डुम्रेले गर्नुभएको थियो । संचालन नगर सचिव प्रेम सुनार रामदामले गर्नुभएको थियो ।
१४ माघ २०७७, बुधबार ०९:०५
१३ माघ २०७७, मंगलवार २०:२८
१३ माघ २०७७, मंगलवार २०:२६
१३ माघ २०७७, मंगलवार २०:२२
१२ माघ २०७७, सोमबार १९:२९
१२ माघ २०७७, सोमबार १९:२५
११ माघ २०७७, आईतवार २०:१३
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १८:१७
१० माघ २०७७, शनिबार १५:४६